७ बैशाख २०८१, शुक्रबार
Follow Us

ममताको ‘शिरैफूल’मा पार्वतीको छमछमी (भिडियोसहित)

नेपालब्रिटेन डट कम्
२२ मंसिर २०७३, बुधबार ०३:५६

काठमाडौं । गायिका श्रोता तथा दर्शकमाझ ‘शिरैफूल..’ का साथ देखिएकी छन् । ‘ममता’ नामक गीति एल्बममार्फत नोपाली गायन क्षेत्रमा चिनिएकी ममताले आफ्नो पछिल्लो एल्बम ‘हाङ्मा’ मा समावेश ‘शिरैफूल’ बोलको गीतलाई भिडिायोमा सार्वजनिक गरेकी हुन् । राष्ट्रिय भावना बोकेको यस गीतको भिडियोमा चर्चित नृत्यांगना तथा मोडल पार्वती राईलगायतले अभिनय गरेका छन् । यस भिडियोलाई सुजन लामाले निर्देशन गरेका हुन् भने छायांकन फोटो पत्रकार नविनबाबु गुरुङले गरेका हुन् ।
विशेषगरी पुर्वेली लोक आधुनिक गीतमा पोख्त ममताले राष्ट्रिय भावनाको गीत गाएको यो पहिलोपटक हो । शिव संगम राईको शब्द तथा संगीत रहेको ‘शिरैफूल’ गीतमा नेपालप्रतिको माया र गौरव दर्साएको छ भने अर्कोतिर रोमान्टिक पनि छँदैछ । गोपाल रसाइलीको एरेञ्ज रहेको यस गीतमा पनि पुर्वेली फ्लेवर पाइन्छ । यसबारेमा गायिका ममताले भनिन्, ‘हाङ्मा एल्बममा सबै प्रकारका गीत समावेश गर्ने प्रयत्न गरेकी छु । जसमध्ये शिरैफूल पुर्वेली लोक फ्लेवरमा राष्ट्रिय भावनामा आधारित गीत हो ।’
यस गीतबाट आफू धेरै अपेक्षा गरेको उनले बताइन् । ‘सधै एकै प्रकारको गीतमात्र किन गाउने भनेर यसपटक राष्ट्रिय भावना बोकेको गीत गाएकी हुँ’ ममताले भनिन्, ‘यो गीत श्रोता तथा दर्शकले रुचाउँछन् भन्ने मलाई लागेको छ ।’ ‘हाङ्मा’ को अर्थ किरात भाषामा रानी हो । जुन एल्बमलाई चाँडै रिलिज गर्ने ममताले बताइन् । ‘शिरैफूल’ बोलको यस गीतको भिडियोलाई ममताले आफ्नै यु–ट्युब च्यानल ‘नेपाली संगीत घर’मार्फत रिलिज गरेकी हुन् ।