१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेपाल फर्कन चहानेलाई टिकटको सट्टा दूतावासको निर्देशनमा प्रहरीको डण्डा !.. (भिडियो)

नेपालब्रिटेन डट कम्
२५ जेष्ठ २०७७, आईतवार १४:५८

लन्डन । कोरोना महामारीले अलपत्र परेका नेपालीलाई यूएईस्थित नेपाली राजदूतावासले प्रहरी बोलाएर लखेटेको छ । गैरआवासीय नेपाली संघ यूएईका अध्यक्ष प्रकाश कोइरालाका अनुसार आइतवार नेपाल फर्कनका लागि आग्रह गर्न दूतावास पुगेको नेपालीहरुलाई राजदूत कृष्णप्रसाद ढकालकोे आदेशमा प्रहरीले नेपालीमाथि दुरव्यवहार गरेको हो ।

दूतावासले नेपालीप्रति गरेको व्यवहार त्यहांस्थित नेपाली समुदायले निन्दा गरेका छन् । आफ्नो समस्या लिएर दूतावास पुगेका मध्यका एक यम थापाले त्यत्रो पैसां खर्च गरेर दुःखले एम्बेसी पुगेको त राजदूत ढकालले पुलिस बोलाएर स्वागत गर्नु भयो, उहाँलाई धन्यवाद । अब हामी कहाँ जानु भनेर आफ्नो फेसबुक टाइमलाइन मार्फत दूतावासका कर्मचारीहरुलाई प्रश्न गरेका छन् ।

मध्यपूर्वबाट मात्रै झण्डै ४० हजारको नामावली संकलन भएको छ । युएईमा १८ हजार, कतारमा ८ हजार ४ सय, मलेसियामा ६ हजार २ सय, साउदी अरेबियामा ६ हजार ५ सय, बहराइनमा ३ सय र ओमनमा ७ सय जनाको नेपाल फर्कने प्रारम्भिक सूची बनेको छ ।