८ बैशाख २०८१, शनिबार
Follow Us

विश्वभर कोरोना संक्रमितको संख्या ७१ लाख नाघ्यो

नेपालब्रिटेन संवाददाता
२६ जेष्ठ २०७७, सोमबार १५:२०

काठमाडौं । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७१ लाख १५ हजार नाघेको छ । संक्रमणबाट ४ लाख ६ हजार ५ सयभन्दा बढीको मृत्यु भएको छ । सबैभन्दा बढी अमेरिकामा संक्रमितको संख्या २० लाख ७ हजार नाघेको छ ।

त्यहाँ १ लाख १२ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । अमेरिकापछि संक्रमितको संख्या ब्राजिलमा बढी छ । त्यहाँ संक्रमितको संख्या ६ लाख ९१ हजार नाघेको छ भने ३६ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । रुसमा संक्रमितको संख्या चार लाख ६७ हजार नाघेको छ भने ५ हजार ८ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । बेलायत, स्पेन, इटाली, फ्रान्स लगायतका युरोपेली मुलुकमा भने संक्रमण र मृत्यु दर घटेको छ ।

संक्रमणबाट हालसम्म बेलायतमा ४० हजार ५ सय, इटलीमा ३३ हजार ९ सय, स्पेनमा २७ हजार १ सय र फ्रान्समा २९ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । विश्वभर संक्रमितमध्ये करिब ५० प्रतिशत निको भएर घर फर्किएका छन् । निको हुनेको संख्या ३४ लाख ७५ हजार नाघेको छ ।