१६ चैत्र २०८०, शुक्रबार
Follow Us

गर्ववती महिला र वालवालिकाको लागि एनआरएनएले दियो आर्थिक सहयोग

नेपालब्रिटेन डट कम्
२७ जेष्ठ २०७७, मंगलवार ०७:१०

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विदेशमा अलपत्र परेका नेपालीहरुको लागि आर्थिक सहयोगको दायरालाई बृद्धि गरेको छ ।

गैरआवासीय नेपाली संघका कोषाध्यक्ष महेश श्रेष्ठका अनुसार संघले कुवेत र युएईमा अप्ठ्यारोमा परेका नेपाली गर्ववती महिला तथा वालवालिकाहरुको लागि थप आर्थिक सहयोग गर्ने भएको हो ।

संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा शनिवार सम्पन्न पदाधिकारी बैठकले कोभिड १९ बाट पिडित गैरआवासीय नेपालीहरुलाई तेश्रो चरणअन्तर्गत कुवेत र युएईमा ६, ६ हजार डलर, फ्रान्समा र डेनमार्कमा रहेका नेपालीहरुको लागि २ हजार अमेरिकी डलर सहयोगको घोषणा गरेको छ ।

संघले हाल सम्म विदेशमा कोभिड पिडित नेपालीको लागि ६६ लाख रुपैयाँ सहयोग गरेको छ ।

श्रेष्ठका अनुसार संघले आवश्यक परेमा कोरोना भाइरसका कारणले समस्यमा परेका नेपालीहरुकालागि अन्य देशमा पनि संघले आर्थिक सहयोग गर्दे जाने नीति लिएको छ ।
यसअघि संघले मलेसिया, बहराईन, स्पेन, पोर्चुगल,ईटाली, माल्टा, कुवेत, युएइ, सउदी अरब र साईप्रसमा कोरोनाबाट प्रभावित नेपालीहरुको लागि आर्थिक सहयोग उपलब्ध गराएको थियो ।