१३ बैशाख २०८१, बिहीबार
Follow Us

भारतीय सीमाबाट उद्धार गरिएका करिब ४० यात्रु बोकेको टिप्पर कर्णालीमा खस्यो

sarusaru
२८ जेष्ठ २०७७, बुधबार ०७:२६

काठमाडौँ । भारतीय सीमा क्षेत्रबाट करिब ४० जनालाई उद्धार गरेर क्वारेन्टिन जाँदै गएको टिप्पर कर्णाली नदीमा खसेको छ ।

भारतबाट आएकाहरुलाई सीमानाबाट उद्धार गरेर कालिकोट जाँदै गरेको टिप्पर बुधबार बिहानद र्दुटना भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । उक्त दुर्घटनामा परी करिब ३० जना बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार, उद्धार गरिएकालाई रास्कोट नगरपालिकाकले निर्माण गरेको क्वारेन्टिनमा लैजाँदै गर्दा कर्णाली करिडोर अन्तर्गत लालीघाटको भीरबाट टिप्पर नदीमा खसेको हो । अहिले दुर्घटनास्थलमा प्रहरी र स्थानीयहरुले उद्धार कार्य गरिरहेका छन् ।