१६ चैत्र २०८०, शुक्रबार
Follow Us

राजदूत डा. सुवेदीको ‘कोरोनाको महामारी’ सार्वजनिक (भिडियो)

नेपालब्रिटेन डट कम्
२८ जेष्ठ २०७७, बुधबार १९:५१

लन्डन । बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीको ‘कोरोनाको महामारी’ बोलको गीतको म्यूजिक भिडियो बुधवार युट्युव मार्फत सार्वजनिक भएको छ ।
राजदूत धर्मपत्नी पुनम राज्यलक्ष्मी सुवेदीको प्रस्तुति रहेको उक्त गीतको रचना राजदूत सुवेदीले गरेका हुन् ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनालाई मध्यनजर गर्दै संगीतको माध्यमबाट जनचेतनामूलक सन्देशको रुपमा म्यूजिक भिडियो तयार गरिएको छ ।

उक्त गीतमा वरिष्ठ गायकहरु रामकृष्ण ढकाल, आनन्द कार्की, विश्व नेपाली, रोशन अधिकारी र प्रविशा अधिकारीको स्वर छ ।

वरिष्ठ संगीतकार शिखर सन्तोषको संगीत तथा गोपाल रसाइलीको संगीत संयोजन रहेको यस म्यूजिक भिडियोमा दीपाश्री निरौला र सरिता लामिछानेको अभिनय छ ।