८ बैशाख २०८१, शनिबार
Follow Us

कोरोना महामारीपछि लालिगा पुनः शुरु भयो

नेपालब्रिटेन संवाददाता
३० जेष्ठ २०७७, शुक्रबार ०३:४६

बार्सिलोना । लालिगा कोरोना महामारीपछि पुनः शुरु भएको स्पेनिस ला लिगाको पहिलो खेलमा सेभिल्लाले सहज जित निकालेको छ । ‘डर्वी’ खेलमा सेभिद्यदमले रियल बेटिसमाथि २–० को सहज जित निकालेको हो ।

सेभिल्लाको सहज जितमा लुकास ओकम्पास र फर्नान्डोले गोल गरे । जितसँगै सेभिल्लाले अर्का सिजनको च्याम्पियन्स लिगका लागि स्थान बनाउने सम्भावना बलियो बनाएको छ । तेस्रो स्थानमा रहेको सेभियाको २८ खेलबाट ५० अंक पुगेको ।

समान खेलबाट ३३ अंक रहेको रियल बेटिस १२औं स्थानमा यथावत छ । ला लिगामा आज राति दुई खेल हुँदैछ । ग्रानडा र गेटाफे तथा भ्यालेन्सिया र लेभान्टेविच आज प्रतिस्पर्धा हुँदैछ । कोरोना संक्रमणका कारण रोकिएको खेल तीन महिनापछि बन्द रंगशालामा पुनः शुरु भएको हो ।