१३ बैशाख २०८१, बिहीबार
Follow Us

सभापति देउवालाई भेट्न राजदूत रे बुढानीलकण्डमा

नेपालब्रिटेन डट कम्
२२ मंसिर २०७३, बुधबार ०९:२८

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेपालका लागि भारतका राजदूत रन्जित रेले भेटी नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राखेका छन् ।
देउवाको बुढानीलकण्ठस्थित निवासमा भएको भेटमा उनले संविधान संशोधन र कार्यान्वयनका बारेमा जिज्ञासा राखेका थिए । रेले नेपालको शान्ति प्रक्रियामा भई रहेको प्रगतिबारे पनि सभापति देउवासँग चासो राखेका थिए । उनले असल छिमेकी भएकाले भारतले गर्दै आएको सहयोग जारी रहने भन्दै आफूहरुले समृद्ध नेपाल देख्न चाहेको बताएका थिए ।
देउवाले भने नेपालका राजनीतिक दलहरुकै समझदारीमा संविधान कार्यान्वयन हुने विश्वास व्यक्त गरेका थिए ।