८ बैशाख २०८१, शनिबार
Follow Us

८२ वटा दललाई एक–एक सय रुपैयाँ जरिवाना

नेपालब्रिटेन डट कम्
२२ मंसिर २०७३, बुधबार ०९:३४

आय–व्यय विवरण नबुझाएका कारण व्यवस्थापिका संसदमै रहेका दल कारवाहीमा परेका छन् । निर्वाचन आयोगले एक सय रुपैयाँ जरीवानासहित ३५ दिनभित्र आयव्यय बुझाउन ८२ दललाई सूचनामार्फत सचेत गराएको छ । आयोगले बार्षिक प्रतिवेदन, चित्तबुझ्दो भनाइ र आय–व्ययको विवरण नबुझाएका दलको सूची आज प्रकाशित गरेको हो । सचेत गराइएका दलमा केही संसदमा प्रतिनिधित्व गर्ने पनि छन् । महन्थ ठाकुर अध्यक्ष रहेको तराई–मधेस लोकतान्त्रिक पार्टी, राजकिशोर यादव अध्यक्ष रहेको फोरम गणतान्त्रिक पनि सय रुपैयाँ जरीवानामा परेको छ । सांसद कुमार खड्का र विसेन्द्र पासवान अध्यक्ष रहेका पार्टी पनि कारबाहीमा परेका छन् । आयोगले दर्ता भएका सबै दललाई आगामी दिनमा प्रचलित कानूनको म्यादभित्र आय–व्याय विवरण र बार्षिक प्रतिवेदन बुझाउन आग्रह पनि गरेको छ ।