७ बैशाख २०८१, शुक्रबार
Follow Us

चर्चाको चुलीमा ‘सगुन’

नेपालब्रिटेन डट कम्
३० जेष्ठ २०७७, शुक्रबार १९:५९


सुरेन उप्रेती ।

आज विश्व नै कोरोनाको संक्रमणबाट भयवित बनेको छ। यो अदृश्य महामारीले लाखौ परिवारका आफन्त लग्यो । लाखौंले रोजगारी गुमाउनु पर्यो। विश्व अर्थतन्त्र डामाडोल भएको छ । यस्तो अवस्थामा सानो लगानीमा ठूलो सपना बोकेर सगुन उदाएको छ। विभिन्न ठाउँमा छरिएर रहेका नेपालीहरुका विचमा सगुन चर्चाको चुलीमा छ। चारैतिर मिडियाहरु रेडियो, एफएम, टेलिभिजन र पत्र पत्रिकाहरुमा सगुन तातो खबर बनेर छाएकोछ । वेव पत्रिका देखि साप्ताहिक र दैनिक पत्रिकाहरुलाई सगुनको चर्चाले रंगाएको छ । नेपालको विकास र उन्नतिका लागि नेपालीले नै केहि गर्नु पर्छ। भन्ने सोचभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति आर्जन गरेका व्यक्तिहरुले समेत सगुनमाथि ठूलो भरोसा गरेका छन् ।

सगुनमा लगानी गरेर नेपालको विकाशमा सरिक हुन सबैलाई आव्हान गरेका छन् । कलाकरहरुले पनि यसको चर्चा गर्दै समर्थनमा जुट्नका लागि अनुरोध गरेकाछन् । भारतिय तथा अ्न्य मुलुकका पत्रिका देखि याहूले समेत सगुनलाई समाचार बनाइ सकेको छ । आखिर के हो त सगुन ? सगुनलाई नजिकबाट बुझ्ने र नियाल्ने प्रयाश यसलेखमा गरिएको छ ।

सगुन शब्द संस्कृत भाषाबाट नेपाली भाषामा सकुन हुँदै आएको शब्द हो । यसको शाब्दिकअर्थ खोज्नेहो भने शुभ साइत, लक्षण, लच्क्षिन्, शुभकार्य गर्दा उपहार भन्ने अर्थ यसले वोकेको छ । यो हामीले चर्चा गर्दै गरेको सगुनलाई जान्नु भन्दा पहिला यसलाई चर्चाको शिखरमा ल्याउने यसका पादुर्भाव कर्ता गोविन्द गिरीको बारेमा अलिकति जानकारी गरौं ।

सगुनडटकमका संस्थापक गोविन्द गिरी पूर्वी नेपाको शङखुवासभा जन्मिएका नेपाली पुत्र हुन । उनले हाइस्कुल सम्मको अध्ययन गाउँकै विधालयमा गरेका थिए । उनी गाउँको पढाइ सकेर उच्च शिक्षाको सपना बोकेर काठमाण्डौ पसे । राजधानिमा आएर पहिलो पटक कम्प्यूटर देख्दा गिरीलाई कम्प्यूटरले निकै लोभ्यायो । यसबाट गर्न सकिने गतिविधीले गिरीलाई चकित बनायो ।चुम्वकले तानिएको फलामझैं भए उनी । यो चैं जान्नै पर्ने बस्तु रहेछ भन्ने मनमा पर्यो । मानशपटलमा रात दिन कम्प्यूटर घुम्न थाल्यो । काठमाण्डौका हण्डर र ठक्करले पनि उनको कम्प्यूटर सिक्ने अभिलाषालाई टुक्र्याउन सकेन । उनी आफ्नो कम्प्यूटर सिक्ने सपना बोकेर अमेरिका हानिए ।

बाहिरबाट बुझेजस्तो र सोचेजस्तो सजिलो छैन अमेरिका । शुरुमा अमेरिका प्रवेश गर्नेहरुलाई यहाँको भाषा संस्कार र महँगाइ सँग जुझ्नु भनेको फलामे च्यूरा चपाउनु भन्दा कम हुँदैन। नेपालबाट ल्याएको पैसा अमेरिका आइ पुग्दा सुकेर सानो हुन्छ । सामान्य मानिसका लागि अमेरिका आउने भाडा जुटाउने र ट्राभलचेकको पैसा जुटाउन नै महाभारत हुन्छ। अमेरिकामा पढ्नु भनेको सर्वसाधारणका लागि कल्पना भन्दा बाहिरको कुरा हो । झन त्यसताका त झण्डै सिैगो गाउँ नै बेचे पनि त्यो पैसाले पढाइ खर्च पुग्दैन थियो ।
गोविन्दले काम गर्दै र त्यसबाट आर्जित ज्यालाले पढाइलाई निरन्तरता दिन शुरु गरे । कती दिन कलेजको शुल्क तिर्ने पैसा बनाउनका लागि पढाइलाई थाँती राखेर पनि काम गरे । अभाव र संकटका थुप्रै अनुभवहरु संगालेका छन् गिरीले । तर कस्तै अभाव कष्ट र अप्ठ्यारा परिस्थितिहरुले उनका सपनालाई टुक्रयाउन सकेन । उनी कम्प्यूटर इन्जिनियर बनेरै छोडे ।

पढाई पश्चात अमेरकी रक्षा मन्त्रालयको पेण्टागन जस्तो प्रतिष्ठित ठाउँमा जागिरे बने । काम गर्दा पनि नयाँ नयाँ कुराको खोज र प्रयोग गर्न मन पराउने गिरीलाई गुगल जस्तै सर्चइन्जिन बनाउने सोच फुर्यो । यस्तो बनाउन पाए त हामी नेपालीहरुलाई पनि अरु देशका मान्छेले सजिलै सँग चिन्ने थिए होला । हाम्रो अनुहार हेरेर तिमी भारतिय हौ या मेक्सिकन हौ भन्ने कटुशब्दको करौंतीले पटक पटक रेटिनु पर्ने थिएन होला । भन्नेकुराले रात दिन गोविन्दलाई घोची रह्यो । यही संवेदनशिल भोगाइको परिणाम श्वरुप जन्मिएको हो सगुन ।

सगुन के हो
सगुनडटकम शुरुमा गुगलकै प्रारुपमा तयार गरिएको सर्चइन्जिन थियो । गुगल यूटुव र फेसबुक आदि सगुनभन्दा पहिलै आइसकेका र स्थापित सर्चइन्जिन र सोसियल मिडियाहरु हुन। अब यी भन्दा छुट्टै बिशेषता र नयाँ ढंगले अगाडि बढ्न नसक्ने हो भने सगुन पनि समुन्द्रमा मिसिएको नदी झैं भएर हराउनेछ भन्ने कुरा गोविन्दलाई राम्रै थाहा थियो । त्यसैले अरु भन्दा पृथक र अरु सँग नभएका बिशेषताहरु बोकेर सगुनइंङक अमेरिकामा दर्ता भएकोछ । यो अहिले मिनीआइपिओ प्राप्त स्टार्टअप आइटी कम्पनी बनेको छ । यसले यहाँसम्म आइपुग्दा थुप्रै आरोह अवरोहहरुको सामना गर्नु पर्यो । केही नेपालीहरुले सगुनको भ्रूण बचाउनका लागि र गोविन्द गिरीको उच्च दक्षता,क्षमता र लगनशिलतालाई विश्वास गरेर शुरुका दिनहरुमा साथ दिए । त्यस मध्यका एक हुन कविन्द्र सिटौला । तेह्रथुमको आठराईबाट झापा हुँदै अमेरिकामा बशोवास गर्ने श्री सिटौला यस सगुनका कोफाउण्डर हुन । सगुनले अवश्य पनि नेपालीहरुको पहिचान गराउँन सक्छ भन्ने दृढ विश्वासले कम्मर कसेर धेरै देशहरूबाट देशकै प्रतिनिधीका रुपमा दर्जनौ योद्धाहरू सक्रियछन् । लगभग पाँचहजार नेपालीहरूले यस अभियानको पानसमा बर्तन भरेर सहयोग गरेका छन् ।

अहिले करिव छपन्न लाख मानिसहरुले दैनिक प्रयोग गरेर अझ उचाईमा लान उत्साहित भएका छन्। त्यसैको परिणाम हो सगुन ।
सगुनको केन्द्रीय कार्यालय अमेरिकामा रहेको छ भने भारत र नेपालमा पनि यसले कार्यालयहरु स्थापना गरेको छ । यसले भारतमा र नेपालमा समेत छुट्टै कम्पनी दर्ता गरेको छ । अमेरिकाको सेयर बजारको नियामक निकाय सेक्युरिटी एन्ड एक्स्चेन्ज कमिसन (एसइसी)बाट मिनी आइपिओ निस्कासन गर्ने अनुमति पाउने नेपालीहरुले स्थापना गरेको यो नै पहिलो आइटी कम्पनी हो । हाल प्रथम चरणका रूपमा सगुनले दक्षिण एशियालाई केन्द्रीत गरेर नेपाल र भारतमा बजार विस्तार सुरु गरिसकेको छ । मिनी आइपिओ जारी गरेर ग्लोबल कम्पनीमा विस्तार हुँदै गरेको यस सगुनका नेपाल र भारतमा नै बढी प्रयोगकर्ता छन् ।

सगुनका नयाँ विशेषताः
संपर्क विस्तार गर, अरु सँग बाँड र कमाउ Connect, Share & Earn भन्ने मूल नाराका साथ नेपालीको आइडियाबाट शुरुभएको सामाजिक संजाल हो सगुन । सगुनले यो साइट चलाउने .प्रयोग कर्ताहरुलाई आफुले कमाएको हिस्सा बाँड्ने नयाँ अवधारणा ल्याएको छ । यसमा खाता खोल्दा ,साथी बनाउँदा, र म्यासेजहरु पठाउँदा प्रयोगकर्तालाई पुरस्कृत गर्ने नयाँ योजना छ । अरु सोसल मिडियाहरु जस्तो फेसबुक ट्विटर ह्वाट्सअप स्न्यापच्याट म्यासेन्जरका विशेषता सहित सिक्रेट म्यासेज सिस्टम र मानिसलाई पजेटिभ शन्देश दिएर समाजलाई सुरक्षित बनाउनु पर्छ भन्ने मान्यता अंगिकार गरेको छ सगुनले । त्यस्तै गरेर स्मार्ट कार्डको योजना नेपाल र भारतमा शुरू गरेर लाखौ मानिसहरू लाभान्वित बनिसकेका छन ।

सगुनलाई प्रयोग गरेर कमाईएको स्मार्ट क्वाइनले नेपालमा मोवायलको रिचार्ज किन्न सिनेमाको टिकट किन्न र भाटभट्यानी सपिङसेनटरमा गएर सामानहरु किन्न सकिन्छ । तपाईले सगुन चलाएर प्राप्त क्वाइनलाई यूरोप अमेरिका लगायत सन्सारका सबै देशहरुबाट नेपालमा आफन्तहरुलाई पठाउन सकिन्छ ।
सगनु भित्र गए पछी तपाईले बिभन्न शीर्षकहरू देख्नु हुनेछ । Everyday Life, Humor/Jokes, What’s hot !, Entertainment, Inspire Me, Poetry, Creative Corner, Sports, Religion, Health/Fitness, Confession Stories, Beauty Tips, Technology, Astrology others मा Coronavirus-Info जस्ता विभिद बिषयमा रूची अनुसारका रोचक सामाग्रीहरु पढ्न पाईन्छ । आफ्ना रचनाहरू अरू सँग बाँड्न पाइन्छ।

हामी नेपालीहरुले सगुनमा किन लगानी गर्ने
हामी नेपालीहरूको कर्मलाई दोष दिँदै र भाग्यलाई सराप्दै पुस्तौ बित्यो । डार्विनले भने झै अस्थित्व रक्षाका लागि सँघर्ष त गर्यौ । तर गरिवी अशिक्षा र पछौटे पनका लागि कहिलै संघर्ष गरेनौ । अब पनि अभावमा अविकशित र पछौटे भएर रहने हामीलाई छुट छैन । हामीले पाखुरीमात्र बजाएर सम्पन्न हुने सपना त्याग्नु पर्छ । अब मसल्समात्र हैन मष्तिस्कको प्रयोग गर्न थाल्नु पर्छ । नत्र हामीलाई आगामी पुस्ताले सराप्नेछ ।

यो सगुन जस्ता अन्य कयौं कम्पनीहरु छन् । ती कम्पनीहरूले बिलियन डलर आर्जन गरे । तर एक जना पनि नेपालले त्यसमा लगानी गर्न पाएन । कती कम्पनीहरू खुल्दा हामीले नाम सुन्न पनि पाएका थिएनौ । यो त नेपाली मस्तिष्कको उपज भएको हुनाले मात्र हामीले यो अवशर प्राप्त गरेका हौ । केहि बर्ष पहिला सम्म स्टार्टअफ कम्पनीहरुमा सर्वसाधारणले शेयर लगाउन पाउने कानूनी प्रावधान पनि थिएन । त्यसैले पहिले शुरुभएका धेरै कम्पनीहरुले हाम्रो जस्तो मज्बूद पृष्ठभूमि पनि पाएका थिएनन् । जस्तो आज संसारमा तहल्का मच्चाउन सफल अलिबाबा उभर गूगल फेसबुक एयरविएन्ड बी जस्ता कम्पनीहरुको शुरुवातीका दिनहरु कम संघर्ष पूर्ण थिएनन् ।

शुरुवातका दिन कठिन भए पनि आज ती कम्पनीका लगानी कर्ताहरु विश्वका धनाड्यको पंतीमा उभिएका छन् । हामी नेपालीहरुले सगुनमा लगानी गर्ने अवशर प्राप्त गरेकाछौं । हाल अमेरिकी डलर नौसयबाट लगानी शुरु गर्न पाइन्छ । जसमा तीसकित्ता शेयर प्राप्त गर्न सकिन्छ ।कुनै पनि कम्पनीहरुमा शेयर लगाउँदा नाफाहुने र जोखिम दुबै हुने सम्भावनाहरु हुन्छन् । सगुन पनि त्यस्तो जोखिमबाट अक्षुत भने छैन । तर यसको तीन बर्षको इतिहासले लगभग छ मिलियन प्रयोग कर्ता जुटाउन सफल भै सकेकोछ । यो भनेको ठूला र स्थापित कम्पनीलाई पनि माथ खुवाउने प्रगति हो ।

मिनी आइपियो प्राप्त गरे पछी जोखिमको मात्रा कम भएको लगानी कर्ताहरुले महषुस गरेका छन् । दसबर्ष अगाडि सम्म संघर्षरत रहेको फेसबुकले २०१२ मा आउदा पनि ४५ डलरबाट शेयर घटेर १७ डलरमा झर्नु परेको अवस्था थियो । तर हाल एक शेयरको १२०० डलर भन्दा बढी शेयर मूल्य पुगेको छ । हामी नेपालबाहिर बशोबास गर्ने नेपालीहरुका लागि सगुनमा गर्ने न्यूनतम लगानीले व्यक्तिहरुमा सारै ठूलोआर्थिक बर्डेन दिंदैन । दिनचर्यामा र साँझ विहानकै हातमुख जोड्नेकाममा पनि संकट निम्त्याउँदैन । तर एक थुकी सुकी सय थुकी नदी भनेझैं सबैले लगानी गर्ने हो भने सगुनडटकमलाई स्थापित गराएर एक नम्वरमा पुर्याउन सकिन्छ । अहिले स्थापित भइसकेका कम्पनीहरुको अबस्थामा पुग्यो भने हामी लगानी कर्ताहरु आर्थिक रुपमा पनि सबल हुनेछौ । त्यसपछि जन्मभूमी नेपालको विकाश निर्माण र उन्नतिमा जुट्न सक्ने छौ ।

हामीले हजारौ मानिसहरुलाई रोजगारी दिन सक्नेछौ । नेपालीहरुको एकताले मात्र नेपालको नाम विश्वका कुना कुनामा सम्म परिचित बनाउन सम्भव हुनेछ । त्यसपछि नेपालको नयाँ परिचय सगुनको देश भनेर चिनिने निश्चित छ। हामीले झैं हाम्रा सन्तानहरूले शाररिक श्रमगरेर जीउन बाध्य बन्नु पर्ने छैन । हुने विरुवाको चिल्लो पात भने झैं स्थापनाको करिब तीन बर्षमै७२७ प्रतिसतले बृद्धी हुन सफल भएकोछ ।

कसरी गर्न सकिन्छ सगुनमा लगानी
सगुनमा अब सन्सारभरी बाटनै लागानी गर्न सकिने छ । यो एउटा व्यापारिक प्रयोजनमात्र नभएर नेपालीहरुको पहिचान सँग जोडिएको महायज्ञ हो । www.sagoon.com/invest मा गए पछी दायाँ तर्फ Invest now भन्ने आउँछ । यसलाई तपाईले क्लिक गर्नुभयो भने तपाइको नाम र इमेल लेख्ने ठाउँ आउँछ । कसरी पैसा लगाउने कती लगाउने भन्ने प्रश्नको उत्तर दिंदै जानु पर्छ । क्रेडिटकार्ड चेक वायरट्रान्सफर र कुन देशबाट कसरी लगानी गर्न सकिन्छ भन्ने पनि देखाइएको छ । तपाईको लगानी गर्दा लेखिएको इमेलमा कन्फर्मेशन ईमेल आउनेछ । शेयर सर्टिफिकेट पनि ईमेलबाट नै प्राप्त हुनेछ ।

यदी तपाईलाई फर्भ मर्न कठिन भएमा फर्म सँगै अनलाइन ट्यूटरियलको पनि व्यवस्था गरिएकोछ । नजिकै सम्पर्क फोन र ईमेलबाट पनि सहयोग प्राप्त गर्न सकिनेछ । प्राय: धेरै देशमा संयोजकहरूले पनि लगानि गर्न सहजि करण गर्नु हुनेछ ।
फस्टकम फस्टबेसिसमा लगानी हुने भएको हुनाले जति सक्दो चाँडो शेयर किन्नुनै बुद्धिमत्ता हुनेछ ।

– अटवा, क्यानडा