१४ बैशाख २०८१, शुक्रबार
Follow Us

२० देशका नेपाली बालबालिकाहरुले साटासाट गरे कोरोना कहरको अनुभव (भिडियो)

नेपालब्रिटेन डट कम्
३१ जेष्ठ २०७७, शनिबार १४:३९

२० देशका नेपाली वालवालीकाहरुले साटासाट गरे कोरोना कहरको अनुभव (भिडीयो)

लण्डन । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड ( १९)का कारण लकडाउनमा घरमै बस्न बाध्य नेपाली वालवालीकाहरुको आफ्नो अनुभव साटासाट गरे । गैरआवासीय नेपाली संघ अन्तरगतको विश्व स्वास्थ्य समितीको संयोजनमा शनिवार जुम मार्फत भएको भेलामा २० देशका १२ वर्ष मुनीका नेपाली वालवालिका सहभागी भए ।
सहभागीहरुको कोरोना कहरमा आफुले भोगेको अनुभव मन खोलेर सुनाएका थिए । सभ्यता शर्मा (१०) र एलिस कार्की (१२)ले संचालन गरेको कार्यक्रममा नेपाल लगायत अष्ट्रीया, नाइजेरीया, क्यानडा, साउदी अरव, अमेरीका, जापान, वहराइन, इटाली, चीन, कतार, युएई, दक्षिण कोरिया, वेलायत लगायतका देशमा रहेका दोश्रो पुस्ताका नेपाली वालवालीकाहरु सहभागी थिए ।
कार्यक्रममा औरुस लम्साल, टीया आचार्य, अभिराज थिवी, अश्मी अधिकारी, दिलाशा शर्मा, जयान मोहम्मद सैयद, कृती, तिमल्सिना, कृतिका राउत, कृष्णा थापा, निर्भिक अर्याल, लियाना अहमद, प्रसिद्घ पन्त, साक्षी भट्टराई, शैलेश शर्मा, सियोअन थापा, स्मिड गैरे, स्नेहा चौधरी, युभरानी गुरुङ, आयुषा कँडेल, सभ्यता शर्मा, एलिश कार्की लगायतले कोरोना कहरको अनुभव सुनाए ।

दुई दर्जन भन्दा बढी वालवालीका सहभागी उक्त कार्यक्रममा वर्ष ५ देखी १२ सम्मका भाइवहिनीहरुको रमाइलो छलफल रहेको थियो। सवैभन्दा कम उमेरकि युभरानी गुरुङ ५ वर्षकी हुन । वालवालीकाहरुले सो कार्यक्रममा आफुले कारोनाको कारणले भोग्नु परेका समस्या, आफ्नो दैनिकीमा आएका परिवर्तनका वारेमा एक आपसमा छलफल गर्दै भविश्यमा भएका उनीहरुका योजनाका वारेमा पनि सबैमाझ प्रस्तुत गरेका थिए।
सो कार्यक्रमको संयोजन गैरआवासीय नेपाली संघ अन्तरगतको विश्व स्वास्थ्य समितीको तर्फबाट विमला सापकोटा, डा. सञ्जीव सापकोटा, सत्य चौधरी, यस्मीन बेगम सैयदले गरेका थिए। सो कार्यक्रमलाई गैर आवासिय नेपाली संघको आधिकारीक पेजबाट प्रत्यक्ष प्रशारण गरिएको थियो ।