१२ बैशाख २०८१, बुधबार
Follow Us

बलिउडका अभिनेता सुशान्त सिंह राजपुतले गरे आत्महत्या

नेपालब्रिटेन संवाददाता
३२ जेष्ठ २०७७, आईतवार १०:११

एजेन्सी : बलिउडका चर्चित कलाकार सुशान्त सिंह राजपुतले आतमहत्या गरेका छन् । उनी आज मुम्बाईस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएका हुन । आत्महत्याको कारण खुलेको छैन । ३६ वर्षीय सुशान्त डिप्रेसनको उपचार गराइरहेका थिए । टीभीबाट आफ्नो करियर सुरु गरेका सुशान्तले पछिल्लो केही वर्षमा ठूलो पर्दामा काम गरेका थिए । उनले काइ पो चे र क्रिकेटर महेन्द्र सिंह धोनीको जिवनमा आधारित चलचित्र एमएस धोनीमा पनि अभिनय गरेका छन् ।