७ बैशाख २०८१, शुक्रबार
Follow Us

चार देशमा एनआरएनएको विवाद टुंगियो (पत्र सहित)

नेपालब्रिटेन डट कम्
१ असार २०७७, सोमबार २२:०३


अष्ट्रिया विवादमा ६ बुँदे रोडम्याप

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को युरोपस्थित ४ देशमा देखिएको विवाद टुंगिएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार गत हप्ता सम्पन्न पदाधिकारी बैठकले माल्टा, अष्ट्रिया, ईजरायल र फ्रान्स लगायतका देशको विवादलाई साम्य पारेको हो ।

संघका अनुसार गैरआवासीय नेपाली संघ माल्टाका पदाधिकारीको राजीनामा स्वीकृत गर्दै त्यहाँ संघको नयाँ राष्ट्रिय समिति गठनको प्रकृया अगाडी बढाउन महासचिव डा. हेम राज शर्मालाई जिम्मेवारी दिईएको छ ।

यस्तै संघको अष्ट्रिया राष्ट्रिय समितिमा लामो समय देखि भएको विवाद मिलाउन केन्द्रले ६ बुँदे रोडम्याप सहित विवादलाई अन्त्य गरेको हो ।

बैठकले गैरआवासीय नेपाल संघ ईजरायलको अध्यक्षको राजीनामा स्वीकृत गर्दै अर्को अध्यक्ष तोक्ने अधिकार राष्ट्रिय समितिलाई दिने निर्णय गरेको छ ।

यस्तै बैठकले फ्रान्स एनआरएनएको निलम्बनमा परेका उपाध्यक्ष अमर बहादुर भण्डारीको कार्यवाही रद्ध गरिदिएको छ । उनलाई पुर्नरबहाली गर्न संघले निर्देशन दिएको छ ।