१३ बैशाख २०८१, बिहीबार
Follow Us

लिभरकुसन शीर्ष चारमा

नेपालब्रिटेन संवाददाता
२ असार २०७७, मंगलवार ०३:४७

म्युनिख । बायर लिभरकुसन जर्मन बुन्डेसलिगाको चौथो स्थानमा उक्लिएको छ । लिभरकुसनले बोरुसिया मोन्चेनग्लडवाकलाई पछि पार्दै चौथो स्थानमा उक्लन सफल भएको हो । लिभरकुसनको ३१ खेलबाट ५७ अंक पुगेको छ । समान खेलबाटै मोन्चेनग्लाडवाकको ५६ अंक छ । यस्तै, साल्के पनि नवौं स्थानमा उक्लन सफल भएको छ । साल्को ३९ अंक पुगेको छ ।

भेल्टिन्स एरिनामा आइतबार राति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । घरेलु टोलीमाथि लगातार दबाब सिर्जना गरे पनि लिभरकुसनले गोल गर्न असमर्थ बनेको थियो । घरेलु टोलीलाई लगातार दबाबमा राखे पनि आफ्नै गल्तीमा लिभरकुसनले गोल खान पुगेको थियो । ४७औं मिनेटमा लिभरकुसनका इडमोन्ड तापसोवाले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि रेफ्रीले भीएआरको सहायतामा साल्केलाई पेनाल्टी प्रदान गरेको थियो ।

जसमा ड्यानियल कालिगुइरी चुकेनन् । ८१औं मिनेटमा जुवान मिरान्डाले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरी पुग्यो । त्यसपछि थप गोल निस्कन नसक्दा खेल १–१ गोलको बराबरीमा टुंगियो । यस्तै, आइतबार राति नै भएको अर्काे खेलमा अग्सवर्गले माइन्जलाई १–० ले पराजित गरेको छ । खेलको पहिलो मिनेटमा फ्लोरियन निदेरलेच्नरले गरेको गोल नै अग्सवर्गको जितमा निर्णायक बन्यो ।