१३ बैशाख २०८१, बिहीबार
Follow Us

भारतले भन्यो- नेपालमा तेस्रो मुलुकलाई विद्युत उत्पादनमा रोक

नेपालब्रिटेन डट कम्
२३ मंसिर २०७३, बिहीबार ०२:४३

काठमाडौं- नेपालमा तेस्रो मुलुकका जलविद्युत लगानीकर्तालाई रोक लगाउने गरी भारतले अन्तरदेशीय विद्युत व्यापार निर्देशिका बनाएको छ। भारतीय उर्जा मन्त्रालयले सोमबार उक्त निर्देशिका जारी गरेको छ ।
निर्देशिकामा अन्य देशमा उत्पादन भएको बिजुली भारतले आयात गर्न सरकार वा भारतीय सरकारी कम्पनी वा त्यहीका निजी कम्पनीको ५१ प्रतिशत वा सो भन्दा बढी लगानी हुनुपर्ने उल्लेख छ । भारतमा विजुली बेच्न इच्छुक देशका ‘लाइसेन्स होल्डर’ कम्पनीमा समेत भारतका विद्युत व्यापार कम्पनीको ५१ प्रतिशत वा सोभन्दा बढी स्वामित्व भएको हुनुपर्छ ।
– नागरिकबाट