१६ चैत्र २०८०, शुक्रबार
Follow Us

आइतबार नेपाली एकाउण्टेन्टहरुले बेलायतस्थित व्यवसायीहरुसंग अन्तरक्रिया गर्ने

नेपालब्रिटेन डट कम्
४ असार २०७७, बिहीबार १८:१९

लन्डन । बेलायतमा कार्यरत नेपाली एकाउण्टेन्टहरूको संस्था, नेपाली एकाउण्टेन्ट्स एसोसियसन युकेले बेलायतमा ब्यापार व्यवसाय गरिरहेका नेपाली व्यवसायीहरुसंग समसामयिक विषयमा छलफल गर्ने भएको छ। सो एसोसियसनले वेबिनारद्वारा प्रश्न उत्तरको कार्यक्रम आयोजना गर्न लागेको नेपाली एकाउन्टेन्ट्स एसोसियसन युकेका अध्यक्ष सरोज सापकोटाले बताए ।

“Business Survival in Covid 19 & Beyond” विषयक छलफलबाट नेपाली व्यवसायीहरु लाभान्वित हुने आफु हरुले अपेक्षा गरेको संस्थाका महासचिव शशिधर नेपालले बताए । उनले सो अन्तरक्रियामा आफ्नो व्यवसायले भोग्नु परेका समस्या तथा आगामी योजनाबारे केही जिज्ञासा भए जूम अन्तरक्रियामा सहभागी भएर वा कार्यक्रम अगावै इमेल पठाएर प्रश्नहरु सोध्न सकिने पनि बताए।

नेपाली एकाउण्टेन्ट्स एसोसियसन युकेले यही आइतबार २१ जुन २०२० को दिनको ३ बजे देखि ४:३० सम्म गर्ने सो वेबिनार छलफल कार्यक्रममा उपस्थित भै आफ्नो समस्या बताउन र ब्यवसाय संचालनमा के कसरी सहयोग पुग्न सक्छ भन्ने विषयमा भाग लिन अनुरोध गरेको छ।