१६ चैत्र २०८०, शुक्रबार
Follow Us

रोजीहिरा फाउन्डेशनद्वारा खोटांगमा राहत वितरण

नेपालब्रिटेन डट कम्
४ असार २०७७, बिहीबार १८:४०

लण्डन । लकडाउनका कारण समस्यामा परेका खोटांग जिल्ला खोटेहाङ्ग गाउँपालिकाको वडा नं. २ कपासे भञ्ज्याङमा रहेका विपन्न २० घरधुरीलाई रोजीहिरा फाउन्डेशन’ले खाद्यान्न लगायत एक महिना पुग्ने राहत वितरण गरेको छ ।

बेलायत स्थित नेपाली वेलफेयर सोसाईटी युके अध्यक्ष तथा एनआरएन युके कार्यसमितिका सदस्य समेत रहेका धन बहादुर सार्कीको संयोजन मार्फत रोजीहिरा फाउन्डेशनको तर्फबाट फाउण्डेशनकी अध्यक्ष एबम एनआरएनए यूके महिला उपाध्यक्ष समेत रहेकी श्रीमति रोजिना प्रधान राई एबम फाउण्डेशनका संस्थापक अध्यक्ष एबम एनआरएनए युकेका पूर्व उपाध्यक्ष हिराधन राईले आफ्नो गृह जिल्लाका दैनिक ज्याला मजदुरी गरी खाने विपन्न परिवारलाई राहत वितरण गरेको । यसअघि पनि फाउन्डेशनले विभिन्न सामाजिक संघसंस्थामा आवद्ध भएर निरन्तर च्यारिटी गर्दै आएको थियो ।

गैरआवासीय नेपाली संघ एनआरएन यूके सचिव जीत रानाभाटले जुम कन्फ्रेन्स मार्फत सञ्चालन गरेको कार्यक्रममा बिशेष अतिथि गैरआवासीय नेपाली संघ (एनआरएन यूके) अध्यक्ष पुनम गुरुङले भनिन्,‘यतिबेला हाम्रो देशमा संक्रमण बढिरहेको बेला प्रवासी नेपालीको मन रोइरहेको छ । यो अवस्थामा रोजिहिरा फाउन्डेसनका साथीहरुले जुन सहयोग गर्नुभएको छ, यसलाई म सम्मान गर्न चाहन्छु । अहिलेको अवस्थामा जसले सहयोग गरे पनि त्यसलाई सम्मान गर्नुपर्छ, आलोचना गर्ने बेला होइन, यो अवस्थामा कृपया कसैले कसैको पनि आलोचना नगरौं । किनभने यतिबेला संक्रमणले कुन बेला कति खेर मान्छेको ज्यान लिन्छ भन्न सक्ने अवस्था छैन ।’अध्यक्ष गुरुङले भनिन्।

कार्यक्रमका प्रमुख अतिथि खोटाङबाट निर्वाचित सांसद विशाल भट्टराईले भने, ‘दैनिक छाक टार्ने समस्या परिरहेका बेला बेलायतबाट रोजिना प्रधान र हिराधन राईले स्थापना गर्नुभएको रोजिहिरा फाउन्डेसनबाट ठूलो मन देखाएका छन्, यो उदाहरणीय र मर्मस्पर्सी काम हो, उहाँहरु धन्यवादका पात्र हुनुहुन्छ ।’

कार्यक्रममा अतिथिहरु किरात राई यायोक्खा बेलायतकी अध्यक्ष कल्पना राई,ग़ैर आवासीय नेपाली संघ यूके राज्य सम्नवय परिषद सचिब तथानीबर्तमान नेपाली समाज नोट्टिनघमका अध्यक्ष श्री गोबिन्नद खरेल लगायतले जुममार्फत सम्बोधन गरेका थिए।

यसै गरी राहत कार्यक्रम स्थलबाट जुम मार्फत लाईभ प्रसारण गरिएको थियो कार्यक्रममा खोटेहाङ्ग गाउँपालिका वाड न.२ का वाड अध्यक्ष दिपेन राई सामाजिक अभियन्ता एसबी सेनचुरी,भिम बहादुर खड्का पारस राई लगायतले एक कार्यक्रमका बीच राहत बितरण गरिएको दृश्य देखाइरहेका थिए ।

कार्यक्रममा नेपाल बाट संयोजक डा. बुद्धि नेपाली कार्यकारी निर्देशक नेपाल सरकार,संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालय उपेक्षित, उत्पीडित र दलितबर्ग उत्थान विकास समितिका तर्फ बाट उपस्थित सबै लाई स्वागत गरेका थिए।

कार्यक्रममा नेपालबाट अधिबक्ता राजु प्रसाद धिमाल समेतको उपस्थित थियो । कार्यक्रमको अन्त्यमा रोजीहिरा फाउन्डेशन की अध्यक्ष रोजिना प्रधान राईले राहत वितरणमा सहभागी सबैलाई धन्यबाद ब्यक्त गरेकी थिइन्।