१६ चैत्र २०८०, शुक्रबार
Follow Us

आर्सनलमाथि सिटीको प्रभाव

नेपालब्रिटेन संवाददाता
५ असार २०७७, शुक्रबार ०४:५८

लन्डन । साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा १० खेलाडीमा समेटिएर खेल अन्त्य गरेको आर्सनलमाथि सानदार जित निकालेको छ । सिटीले आर्सनलमाथि ३–० को सानदार जित निकालेको हो ।

घरेलु मैदान इतिहाद स्टेडियममा बुधबार राति भएको खेलमा सिटीको एकपक्षीय जितमा रहिम स्ट्रलिङ, केभिन डि ब्रुयन र फि फोडेनले गोल गरे । एकपक्षीय बनेको खेलमा सिटीले पहिलो गोलको लागि पहिलो हाफको इन्ज्युरी समय नै कुर्नुपरेको थियो । आर्सनलका गोलरक्षक बन्ड लेनोले सिटीको हरेक प्रहारलाई विफल पारेपनि अन्ततः सिटीको प्रहारलाई जोगाउन सकेन ।

पहिलो हाफको इन्ज्युरी समयमा स्ट्रलिङले गोल गर्दै सिटीलाई अग्रता दिलाए । डिफेन्डर डेभिड लुइजको कमजोर डिफेन्सको फाइदा उठाउँदै ब्रुयनले दिएको पासलाई रहिमले गोल गरेका थिए । दोस्रो हाफको सुरुमै आर्सनल १० खेलाडीमा समेटियो । ४९औं मिनेटमा डिफेन्डर लुइजले पेनाल्टी बक्समा रियाद महारेजमाथि फउल गरेपछि रेफ्रीले सिधै रातो दिँदै मैदान बाहिर पठाएपछि आर्सनल १० खेलाडीमा समेटियो । त्यसमै प्राप्त पेनाल्टीमा केभिन डि ब्रुयनले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई ३–० को सहज जित दिलाए । सिटीले पनि अन्तिम १२ मिनेट १० खेलाडीमा समेटिएर खेल्नुपरेको थियो । खेल अन्त्य गरेको थियो । पाँच खेलाडी सब्सिच्युट गरिसकेपछि डिफेन्डर इरिक गार्सिया आफ्नै गोलरक्षक इडर्सनसँग जुध्दै गम्भीर चोट बोक्न पुगेको थियो । यो जितले सिटीले शीर्षस्थानको लिभरपुलसँगको अंक दूरी २२ मा छोट्याएको छ । सिटीको २९ खेलबाट ६० अंक पुगेको छ ।

लिभरपुलको ८२ अंक छ । समान खेलबाटै आर्सनल ४० अंक जोडेर नवौं स्थानमा यथावत् छ । यस्तै, प्रिमियर लिगाको अर्काे खेलमा एस्टन भिल्ला र सेफिल्ड युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीसँगै सेफिल्डले पाँचांै स्थानमा उक्लने अवसर गुमाउदा एस्टन भिल्लाले पनि रेलिगेसन जोन छाड्न सकेन । सेफिल्ड ४४ अंक जोडेर छैटौं स्थानमा यथावत् रहँदा भिल्ला २६ अंक जोडेर १९औं स्थानमा यथावत् छ ।