११ बैशाख २०८१, मंगलवार
Follow Us

नयाँ शक्तिका संयोजक डा. भट्टराईमाथि पोखरामा जुत्ता प्रहार

नेपालब्रिटेन डट कम्
२३ मंसिर २०७३, बिहीबार ०८:५०

पोखरा । नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईमाथि पोखरामा जुत्ता प्रहार भएको छ । पृथ्वी नारायण क्याम्पसमा नयाँ शक्ति निकट विद्यार्थी संगठनले आयोजना गरेको कार्यक्रममा कैलाली नारायणपुरका २९ वर्षीय सञ्जीव भट्टराईले भट्टराईलाई लक्षित गरेर जुत्ता प्रहार गरेका हुन् । उनले भट्टराईलाई कालोझण्डा देखाउदै जुत्ता प्रहार गरेका थिए । उनले प्रहार गरेको जुत्ता संयोजक भट्टराईलाई भने नलागेको बताईएको छ । घटना लगत्तै कार्यक्रममा सहभागी विद्यार्थीहरुले संजिबमाथि कुटपिट गरेका थिए । जुत्ता प्रहार गर्ने भट्टराईलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको छ । नेताहरुले देश विगारेका कारण वितृष्णा जागेर आफूले जुत्ता प्रहकार गरेको सञ्जिवले प्रहरीसमक्ष बताएका छन् । भट्टराई सोही क्याम्पसमा अर्थशास्त्र विषयका स्नातोकत्तर तहमा अध्ययनरत् विद्यार्थी रहेको बताइएको छ ।