८ बैशाख २०८१, शनिबार
Follow Us

प्रधानमन्त्री र सभामुखलाई सर्वोच्च अदालतको आदेश

नेपालब्रिटेन डट कम्
२३ मंसिर २०७३, बिहीबार ०८:५३

काठमाडौं । सर्बोच्च अदालतले संबिधान संसोधन प्रस्ताव अघि बढाउनुको कारण एक साताभित्र पेश गर्न सरकारका नाममा आदेश गरेको छ । बिहीबार न्यायाधीश जगदीशप्रसाद शर्माको एकल इजलासले कुन प्रयोजनका लागि संविधान संशोधन प्रस्ताव दर्ता भएको हो त्यसको लिखित जवाफ सहित एक साताभित्र अदालतमा उपस्थित हुन प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख ओनसरी घर्तिका नाममा आदेश जारी गरेको हो । केही समयअघि अभिवक्ता टिकाध्वज खड्काले दर्ता गरेको रिटमा सुनवाइ गर्दै सर्बोच्चले आज यस्तो आदेश दिएको हो । उक्त मुद्दामा पूर्व सांसदहरु विष्णुबहादुर राउतलगायत आठ जनाले पनि निवेदन दर्ता गरेका थिए । संविधान संशोधनबारे सर्वोच्च अदालतमा परेका दुई रिटको सुनवाइ भने आगामी पुस ५ गते हुने भएको छ । पौडेलको एकल इजलाशले पुस ५ गते दुवै पक्षलाई झिकाउन आदेश दिएको हो ।