१४ बैशाख २०८१, शुक्रबार
Follow Us

आर्सनलको लगातार दोस्रो पराजय

नेपालब्रिटेन संवाददाता
८ असार २०७७, सोमबार ०६:०१

लन्डन । लन्डन क्लब आर्सनलले कोरोना महामारीपछि इंग्लिस प्रिमियर लिगमा लगातार दोस्रो हार बेहारेको छ । लगातार दोस्रो हार बेहोर्नाे क्रममा आर्सनल ब्राइटन होव अल्वियोनसँग २–१ ले स्तब्ध बन्न पुगेको हो । म्यानचेस्टर सिटीसँग ३–० ले पराजित भएको थियो । आसर्नलले सुरुवाती अग्रता लिएर पनि जोगाउन नसक्दा ब्राइटनसँग २–१ ले स्तब्ध बन्न पुगेको हो ।

दि अमेरिकन एक्प्रेस कम्युनिटी स्टेडियम फाल्मेरमा शनिबार राति भएको खेलमा आसर्नललाई स्तब्ध बनाउन लेविस डन्क र निल मोउपेले गोल गरे । आसर्नलका निकोलस पेपेले गरेको गोल सान्त्वना बन्यो । बल पोजेसनमा पकड बनाउँदै घरेलु टोलीलाई दबाबमा राखे पनि आर्सनलले गोलका लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो ।

६८औं मिनेटमा बुकायो साकाको पासमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । तर, आर्सनलको त्यो अग्रता लामो समय टिकेन । ७५औं मिनेटमा लेविस डन्कले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयो थप गरिएको पाँचौं मिनेटमा निल मोउपेले गोल गर्दै ब्राइटनलाई २–१ को जित दिलाउँदै महŒवपूर्ण ३ अंक लिन सफल भए । जितसँगै ब्राइटन ३० खेलबाट ३२ अंक जोडेर १५औं स्थानमा उक्लदा आर्सनल ४० अंक जोडेर १०औं स्थानमा झरेको छ ।

यस्तै, प्रिमियर लिगको अर्काे खेलमा वल्भ्सले वेस्टह्याममाथि २–० को सहज जित निकाल्दै पाँचांै स्थानमा रहेको म्यानचेस्टर युनाइटेडसँग अंक बराबरी गरेको छ । समान ४६ अंक भए पनि वल्भ्स गोल अन्तरमा छैटांै स्थानमा रहेको हो । हारपछि वेस्टह्याम २७ अंक जोडर १७औं स्थानमा यथावत् छ । वल्भ्सको सहज जितमा राहुल जिमिनेज र पेड्रो नेटोले गोल गरे ।

दुवै गोल दोस्र्रो हाफमा सम्भव भएको थियो । यस्तै, अर्काे खेलमा क्रिस्टल प्यालेसले एफसी बर्नमाउथमाथि २–० को जित निकालेको छ । बर्नमाउथको जितमा मिलिभोजेभिक र जोर्डन एयुले गोल गरे । जितसँगै प्यालेस ४२ अंक जोडेर नवौं स्थानमा उक्लन सफल हुँदा बर्नमाउथ २७ अंक जोडेर रेलिग्सन जोनको १८औं स्थानमा यथावत् छ । यस्तै, खेलको अन्त्यतिर रोमाञ्चक दुई गोल सम्भव वाट्फोर्ड र लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् ।

लेस्टरले घरेलु टोलीसँग १–१ गोलको बराबरी खेलेको हो । वाट्फोर्डमा शनिबार साँझ भएको खेलमा लेस्टरका विन चिलवेलले गोल गर्दा वाट्फोर्डका क्रेइग डासनले बराबरी गोल फर्काए । दुवै खेलको खेलको अन्तिम समयमा सम्भव भएको थियो । लेस्टरको ३० खेलबाट ५४ अंक पुगेको छ । एक खेल कम खेलेको सिटीको ६० अंक छ । यता, लेस्टरलाई बराबरीमा रोक्न सफल वाट्फोर्ड ३० खेलबाट २८ अंक जोडेर १६औं स्थानमा यथावत् रहेको छ ।