१३ बैशाख २०८१, बिहीबार
Follow Us

आईओएफटीसीद्वारा पत्रकारलाई सहयोग

नेपालब्रिटेन संवाददाता
९ असार २०७७, मंगलवार ०३:२१

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीका बीच कार्यक्षेत्रमा खटिने खेलकुद पत्रकारहरूलाई इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी)का टुर्नामेन्ट डाइरेक्टर दिवाकार मर्हजनले सोमबार मास्क र स्यानिटाइजर सहयोग गरेका छन् ।

मर्हजनका तर्फबाट (आईओएफटीसी) हेल्पडेक्स नेपालका संयोजक रामचन्द्र व्यञ्जनकारले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)का अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र)लाई ५० थान केएन–९५ मास्क र ५० थान स्यानिटाइजर हस्तान्तरण गरे । कोरोनाको महामारीबीच अग्रपंक्तिमा खटिरहेका पत्रकारहरूको सुरक्षार्थ मास्क र स्यानिटाइजर उपलब्ध गराएको आईओएफटीसीका डाइरेक्टर दिवाकार मर्हजनले बताए ।

‘कोरोनाविरुद्धको युद्ध सामूहिक भावनाले मात्र जित्न सकिन्छ । फ्रन्ट लाइनमा रहेर अहोरात्र खटिने पत्रकारलाई सुरक्षाका लागि सानो सहयोग गरेको हुँ,’ मर्हजनले बताएका छन् । मञ्चका अध्यक्ष सुवेदीले महामारीबीच काममा निरन्तर लागिरहने पत्रकारहरूको लागि प्राप्त सहयोगप्रति धन्यवाद ज्ञापन गरे ।