७ बैशाख २०८१, शुक्रबार
Follow Us

ज्याकलिनको जवाफ यस्तो

नेपालब्रिटेन संवाददाता
१० असार २०७७, बुधबार ०३:२८

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले आफू नातवाद र गु्रपिज्ममा विश्वास नगर्ने बताएकी छन् । श्रीलंकाबाट आएर भारतीय फिल्ममा स्थापित भएकी ज्याकलिनले बलिउडमा आफ्नो नातेदार नभएको बताएकी छन् । तर, आफूलाई बलिउडकर्मीले त्यसरी नहेपेको पनि यी अभिनेत्रीको कथन छ ।

बलिउडमा नातावाद फस्टाएको भए पनि आफूलाई त्यसले त्यति ठूलो असर नपारेको पनि अभिनेत्रीले बताएकी छन् । उनको भनाइमा ज्याकलिन हरेक कुरामा सकरात्मक छिन् । उनको सकरात्मक कुराले नै सिनेकर्मीहरूले ज्याकलिनलाई सकारात्मक रूपमा लिने गरेका छन् । बलिउडमा पछिल्लो समय एकपछि अर्को हिट फिल्म दिएकी ज्याकलिनले त्यति धेरै नातावादको सिकार हुनुनपरेको खुलाएकी छन् ।

लकडाउनको प्रभाव कम भएको बेला आफ्नो नयाँ फिल्मको काममा फर्कने तयारी गरेकी ज्याकलिनले बलिउडकर्मीहरू अब मिलेर अघि बढ्नुपर्छ भनेकी छन् । अहिले बलिउडका कलाकारका बारेमा नकात्मक टिप्पणी आइरहेको बेला सिनेकर्मीहरू आपसमा मिल्नुको विकल्प अरू कुरा नरहेको पनि उनले बताए ।
राजधानी दैनिकबाट