७ बैशाख २०८१, शुक्रबार
Follow Us

मार्सेलो लयमा फर्के

नेपालब्रिटेन संवाददाता
१० असार २०७७, बुधबार ०३:३०

म्याड्रिड । रियल म्याड्रिडका ब्राजिलियन डिफेन्डर मार्सेलो कोभिड–१९ का कारण स्थगित भएपछि भएको खेलमा फर्केसँगै उत्कृष्टमा लयमा देखिएका छन् । कोभिड–१९ को महामारीका कारण खेल स्थगित भएको समय भने उनी चोटका कारण विश्राममा थिए ।

गत साताबाट स्पेनिस लिग सुरु भएको हो । सिजनको मध्यतिर खराब लयका कारण लेफ्ट ब्याक भूमिकामा मार्सेलो र फर्लान्ड मेन्डीबीच निकै प्रतिस्पर्धा थियो । मार्सेलो घाइते भएसँगै मेन्डी जिदानको पहिलो रोजाइका खेलाडी बने ।

तर, कोरोनाका कारण लिग फर्किएपछि भने मार्सेलोले गजबको प्रदर्शन गर्दै आएका छन् । जिदानले पहिलो खेलमा नै सुरुवाती रोजाइमा उतारेपछि रियल म्याड्रिडका उपकप्तानसमेत रहेका मार्सेलोले सुरुवाती रोजाइमा आफ्नो स्थान पक्का गरेका छन् ।

एइबारविरुद्ध पहिलो खेलमा मार्सेलोले गोल गरेका थिए । त्यसपछि रियल सोसीडाडविरुद्ध खेलमा मार्सेलोले भिनिसियस जुनियरसँग मैदानको बायाँ भागमा उत्कृष्ट तालमेल देखाए । रक्षात्मक रूपमा सुदृढ मार्सेलोले आक्रामक भूमिकामा पनि रियलमा निकै सहयोग पु¥याएका छन् ।

कोरोनाअघि जिदानले मेन्डीलाई प्रमुख खेलमा मौका दिँदै उनी पहिलो रोजाइमा रहेको संकेत दिएका थिए । म्यानचेस्टर सिटी, एटलेटिको म्याड्रिड अनि बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा मेन्डीले नै सुरुवात गरेका थिए । तर, पछिल्लो समय भने मार्सेलो खेल्दै आएका छन् ।

राजधानी दैनिकबाट