१५ चैत्र २०८०, बिहीबार
Follow Us

संसद अवरोध तत्कालन नहटने

नेपालब्रिटेन डट कम्
२३ मंसिर २०७३, बिहीबार १३:४१

काठमाडौं । व्यवस्थापिका संसदमा जारी अवरोध तत्काल नहट्ने संकेत देखिएको छ । संविधान संशोधन विधेयकविरुद्ध आन्दोलित नेकपा एमालेले सभामुखसमक्ष संशोधन प्रस्ताव फिर्ता नभएसम्म अवरोध कायम रहने अडान दोहो¥याएको छ । यता नेपाली काँग्रेसले भने संशोधन प्रस्ताव फिर्ता नहुने प्रष्ट पार्दै प्रस्ताव अघि बढ्न दिनु पर्ने धारणा राखेको छ ।

संविधान संशोधनको प्रस्ताव संसद सचिवालयमा दर्ता भएपछि अवरुद्ध रहेको संसदको गतिरोध हटाउन सभामुख ओनसरी घर्ती मगरले प्रमुख दलका शीर्ष नेताहरुसंग गर्नुभएको छलफलमा एमालेले आफ्नो अडान दोहो¥याएको हो । सिहंदरबार स्थित सभामुखको कार्यालयमा भएको भेटमा पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद गतिरोध अन्त्यका लागि संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने शर्त अघि सार्नुभएको थियो । छलफलमा अध्यक्ष अ‍ोलीले आफूहरुले रहरले नभएर बाध्य भएर संसद अवरोध गरेको जिकिर गर्दै सरकारले प्रस्ताव फिर्ता नलिएसम्म अवरोध कायम रहने प्रष्ट पार्नुभयो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमालेले आफनो अडान कायम राखेको बताउँदै संशोधन प्रस्ताव कुनै हालतमा पनि फिर्ता नहुने धारणा व्यक्त गर्नुभयो । उहाँले सदन अवरोध गर्नु उचित नभएको तर प्रस्तावलाई अघि बढ्न दिइनुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरि बैठकपछि सञ्चारकर्मीसँगसभामुख घर्तीमगर सबै दलहरु मिलेर अघि बढ्न र संसदको कार्यतालिकालाई अघि बढाउन सहयोग गर्न आग्रह गरेको जानकारी दिनुभयो ।