१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नेविसंघले जलायो त्रिवि उपकुलपतिको कुर्सी

नेपालब्रिटेन संवाददाता
१० असार २०७७, बुधबार १०:११

काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाको कुर्सी जलाइदिएका छन् । आज दिउँसो त्रिवि उपकुलपति कार्यालय पुगेका नेविसंघ कार्यकर्ताले उपकुलपतिको कुर्सी जलाएका हुन् ।

विश्वविद्यालयले विभिन्न पदमा नियुक्ति गर्दा सत्तारूढ नेकपाका कार्यकर्तालाई भर्ती गरेको भन्दै नेबिसंघले विरोध जनाएको हो । मागहरु बैधानिक रुपमा राख्ने प्रयास गर्दा अस्वीकार गरेपछि कुसी कार्यकक्ष बाहिर ल्याएर जलाइएको नेविसंघले जनाएको छ ।

नेविसंघले रजिष्ट्रार, रेक्टरको कार्यकक्षमा समेत तालाबन्दी गरेका छन् । नेबिसंघले दिनअघि अनलाइन कक्षा प्रभावकारी बनाउन, इन्टरनेटमा सहुलियत दिन र राजनीतिक भागबण्डाको आधारमा नियुक्ति नगर्न त्रिबिको ध्यानाकर्षण गराएको थियो ।

प्रधानमन्त्रीको दवावमा उपकुलपति बाँस्कोटाले चिकित्साशास्त्र अध्ययन संस्थान आईओएममा डा. दिव्यासिंह शाहलाई डिन नियुक्त गरेको भन्दै विरोध गर्दै आएको थियो ।