१२ बैशाख २०८१, बुधबार
Follow Us

नेकपा स्थायी कमिटी बैठक: सात बुँदे एजेण्डा तय

नेपालब्रिटेन संवाददाता
१० असार २०७७, बुधबार १०:१६

काठमाडौं । एमसीसीको बारेमा ठोस निर्णय गर्न सक्ने भन्दै निकै महत्वका साथ हेरिएको नेकपाको स्थायी कमिटी बैठकले छलफलको एजेण्डा मात्रै तय गरेको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले शुक्रबारको बैठकका लागि सात बुँदे एजेण्डा तय गरेको हो ।

नेकपाले कोरोना संक्रमण नियन्त्रण, सरकार र पार्टीका कामको समिक्षा, सीमा समस्या समाधान, मिलेनियम च्यालेञ्ज कर्पोरेशन ‘एमसीसी’ विवादलाई बैठकको एजेण्डा बनाएको छ ।

त्यस्तै बैठकमा रुकुम घटना, नागरिकता सम्बन्धी विधेयक, कोरोना संकट अबधिभर संघीय र प्रदेशसभा सदस्यले बैठक भत्ता नलिने विषयलाई पनि छलफलको एजेण्डा बनाइएको छ । पहिलो दिनको बैठकलाई सम्बोधन गर्दै नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले पार्टी र सरकारको कामबारे खुलेर धारणा राख्न स्थायी कमिटी सदस्यहरुलाई आग्रह गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । अर्को बैठक शुक्रबारका लागि बोलाइएको छ ।

अर्को बैठकवाट सदस्यहरुले अध्यक्षद्वयले प्रस्तुत गरेका सात बुँदामा आधारित भएर धारणा राख्ने क्रम सुरु हुनेछ । लामो समयपछि नेकपाको स्थायी कमिटि बैठक बसेको हो । बैशाख २५ र ३१ गतेका लागि तय भएको बैठक अन्तिम समयमा स्थगीत भएको थियो । यसअघि गत पुसमा नेकपाको स्थायि कमिटी बैठक बसेको थियो ।