१४ बैशाख २०८१, शुक्रबार
Follow Us

जयललिताको शोकमा ७७ जनाद्वारा आत्महत्या !

नेपालब्रिटेन डट कम्
२३ मंसिर २०७३, बिहीबार १३:४३

नयाँ दिल्ली । भारतको तमिलनाडु राज्यको सत्तारुढ दल अन्ना द्रविड मुनेत्र कषगम (एआइडीएमके) का अनुसार राज्यकी लोकप्रिय नेत्रृ तथा तत्कालिन मुख्यमन्त्री जयललिताको निधनपछि शोकाकुल ७७ जनाले आत्महत्या गरेका छन् ।

यसअघि जयललिताले आयभन्दा अधिक सम्पत्तिको सम्बन्धमा केही समय जेलमा बिताउँदासमेत कथित रुपमा केही प्रशंसकले आत्महत्या गरेको बताइन्छ ।

सो दलले जारी गरेको विज्ञप्तिअनुसार जयललिता अस्वस्थ्य भएको र उनको निधन भएको खबर सुनेपछि आत्महत्या गर्नेहरुको संख्या ७७ पुगेको छ ।

केन्द्रीय गुप्तचर संस्थाले भने जयललिताको निधनका कारण आफ्नो ज्यान दिनेको संख्या ३० पुगेको र आत्महत्याको प्रयास गर्नेको संख्या ४ रहेको जनाएको छ ।

तर एआइडीएमकेले जयललिताको निधनपछि शोकाकुल ७७ जनाले आत्महत्या गरेको दाबी गर्दै उनीहरुको सूचीसमेत सार्वजनिक गरेको छ ।

सो पार्टीले जयललिताको निधनपछि आत्महत्या गर्ने प्रयास गरेका पार्टीका पदाधिकारी तथा कार्यकर्ता, आफ्नो औंला काटेर शोक मनाएका कार्यकर्तालाई क्षतिपूर्तिस्वरुप पार्टीका तर्फबाट ५०–५० हजार रुपैयाँ दिने घोषणासमेत गरेको छ ।