१३ बैशाख २०८१, बिहीबार
Follow Us

आज ६ सय २९ थपिए, कोरोना संक्रमितको संख्या १० हजार ७२८ पुग्यो

नेपालब्रिटेन संवाददाता
१० असार २०७७, बुधबार ११:०३

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६२९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ५१९ पुरुष र ११० महिलामा सङ्क्रमण देखिएको बताए ।

नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १० हजार ७२८ पुगेको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार डिस्चार्ज हुनेको संख्या हालसम्म २ हजार ३३८ पुगेको छ । त्यस्तै कोरोनाबाट हालसम्म २४ जनाको मृत्यु भएको छ । बागमती प्रदेशको रसुवाबाहेक ७६ जिल्लामा सङ्क्रमण देखिएको छ ।