१४ बैशाख २०८१, शुक्रबार
Follow Us

लन्डन डर्बीमा टोटेनहमको जित

नेपालब्रिटेन संवाददाता
११ असार २०७७, बिहीबार ०३:४१

लन्डन । इंग्लिस क्लब टोटेनहम हट्स्परले प्रिमियर लिगअन्तर्गत मंगलबार भएको लन्डन डर्बीमा वेस्ट ह्याम युनाइटेडलाई हराएको छ । उले मंगलबार रातिको खेलमा २–० को जित निकालेको हो । पहिलो हाफमा उत्कृष्ट मुभहरू सिर्जना गरेको भए पनि टोटेनहामले गोल गर्न भने सकेन । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

खेलको ४५औं मिनेटमा कोरियाली फरवार्ड सन ह्युङ मिनले गरेको गोलले मान्यता पाएन । रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै गोललाई मान्यता नदिएका हुन् । लुकास मौराले पनि गोल गर्ने अवसर खेर फ्याके । जसका कारण पहिलो खेल गोलरहित हुन पुग्यो । दोस्रो हाफमा पनि टोटेनहमले आत्मघाती गोल पाएका थियो ।

जिओभानी लो सेल्सोको कर्नर टोमस सौचेकको खुट्टामा लाग्दै गोल हुँदा घरेलु टोलीले अग्रता लियो । सो गोल हुने क्रममा स्पर्सका डिफेन्डर डाभिन्सन सान्चेजको हातमा बल लागेको भने पनि भीएआरले गोल मान्यता दिएको थियो ।

८२औं मिनेटमा फरवार्ड ह्यारी केनले गोल गर्दै जित सुनिश्चित गरे । झन्डै ६ महिना विश्रामपछि गत साता मैदान फर्केका केनले दोस्रो खेलमा नै गोल गर्न सफल रहे । उनले सनले खेलाएको अरू पासलाई अगाडि बढाउँदै वन भर्सेस वनको स्थितिमा सुन्दर फिनिस गरेका थिए ।

यस नतिजासँगै टोटेनहमको ३१ खेलमा ४५ अंक भएको छ । सातौं स्थानमा रहेको स्पर्स सेफिल्ड युनाइटेडभन्दा १ अंक मात्र अगाडि छ । लिगको यस चरणमा पाँचांै स्थानमा रहेको म्यानचेस्टर युनाइटेड र सेफिल्ड खेल्दै छन् । वेस्ट ह्याम भने ३१ खेलमा २७ अंकसहित गोलअन्तरको आधारमा रेलिगेसन क्षेत्रबाट एक स्थान माथि छ ।