१३ बैशाख २०८१, बिहीबार
Follow Us

कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु

नेपालब्रिटेन संवाददाता
११ असार २०७७, बिहीबार ०४:००

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानमा उपचार गराइरहेका स्याङजा सिरुवारीका ५५ बर्षिय संक्रमित पुरुषको गएराति उपचारका क्रममा मृत्यु भएको हो ।

कोरोना संक्रमणपछि स्वास्थ्यमा समस्या देखिएपछि उनी गत असार आठ गते अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानमा उपचारको क्रममा मृत्यु हुने उनी दोस्रो संक्रमित हुन् ।

यसअघि कोरोना संक्रमणबाट १६ जिल्लाका १९ पुरुष र पाँच महिलाको मृत्यु भैसकेको छ । कैलाली र गुल्मीका तीन–तीन जना जनाको मृत्यु भएको छ भने दैलेख, बाँके र बाराका दुई दुई जनाको मृत्यु भएको छ ।

त्यस्तै कपिलवस्तु, सुर्खेत, अर्घाखाँची, पाल्पा, पर्सा, स्याङ्जा , बाजुरा, चितवन, सिन्धुपाल्चोक, ललितपुर, डोल्पा र दोलखाका एक–एक जनाको मृत्यु भएको छ ।