१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतमा कोरोना भाइरसविरुद्धको नयाँ खोपको मानवीय परीक्षण शुरु

नेपालब्रिटेन संवाददाता
११ असार २०७७, बिहीबार ०४:०३

लन्डन । कोरोना भाइरस विरुद्धको नयाँ खोपको मानवीय परीक्षण बेलायतमा शुरु भएको छ । इम्पेरियल कलेज लण्डनका प्राध्यापक रोबिन शाट्टोक र उनका सहकर्मीहरुको नेतृत्वमा परीक्षण शुरु भएको हो ।

स्वतस्फूर्त परीक्षणमा सहभागी हुन चाहेका व्यक्तिलाई सम्भवित नयाँ खोपको डोज दिने प्रक्रिया बैज्ञानिकहरुले शुरु गरेका हुन् । झण्डै तीन सय जनालाई आगामी हप्तासम्ममा कोरोना भाइरसविरुद्धको सम्भावित खोप दिइने बताइएको छ ।

पहिलो चरणको परीक्षणको रिपोर्ट आएपछि यो खोपको दोस्रो चरणको मानवीय परीक्षण अक्टोबरमा हुनेछ । इम्पेरियल कलेजका वैज्ञानिकले परीक्षणमा रहेको खोप आगामी जनवरीसम्ममा बेलायत तथा विश्वका अरु देशमा पनि वितरण गर्न सकिने बताएका छन् । अ

क्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले तयार पारिरहेको खोपको मानवीय परीक्षण भने यसअघि नै सुरु भएको थियो । सो खोपको तेस्रो चरणको मानवीय परीक्षणको तयारी हुँदैछ । विश्वभर अहिले कोरोना भाइरसविरुद्धका सम्भावित १ सय २० खोपको अध्ययन र परीक्षण भइरहेको छ ।