८ बैशाख २०८१, शनिबार
Follow Us

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुग्यो

नेपालब्रिटेन संवाददाता
११ असार २०७७, बिहीबार ०९:४०

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । चितवनका ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा ती संक्रमितको मृत्य भएको हो ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको गए राति मृत्यु भएको छ । अस्पतालले दिएको जानकारी अनुसार गए राति ११:५५ मा उनको मृत्यु भएको हो । मृतक असार ८ गते आइसियूमा भर्ना भएका स्याङ्जा सिरुबारीका ५५ वर्षिय पुरुष रहेको अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए । कोरोना भाइरस पोजेटिभ भेटिएका उनको शव व्यवस्थापनको तयारी भई रहेको छ ।