१५ चैत्र २०८०, बिहीबार
Follow Us

सर्वोच्चले माग्यो संसदमा हिन्दीमा बोल्नुको कारण

नेपालब्रिटेन संवाददाता
११ असार २०७७, बिहीबार १५:१३

काठमाडौं । समाजवादीकी सांसद सरिता गिरीले पटक पटक संसदमा हिन्दीमा बोलेको विषयमा कारण पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । अधिवक्ताद्धय केशरजंग केसी र लोकेन्द्र ओलीले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले संसद सचिवालयलाई १५ दिनभित्र कारण पेश गर्न आदेश दिएको हो ।

सांसदहरु सरिता गिरी र अमृता अग्रहरीले पटक पटक हिन्दीमा बोल्ने गरेका छन् । नेपालको सरकारी काम कारबाहीको भाषा नेपाली हुने भनिए पनि हिन्दीमा बोल्नु गैरसंवैधानिक भएको दावी रिट निवेदकले गरेका छन् । रिटमा संसदमा हिन्दी भाषामा बोलिएको सामग्री हटाउन माग गरिएका पनि सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।