६ बैशाख २०८१, बिहीबार
Follow Us

लण्डनबाट हुने दोस्रो चार्टर फ्लाइटमा ९० जनाको मात्र टिकट बुकिङ्ग

नेपालब्रिटेन डट कम्
११ असार २०७७, बिहीबार २२:२०

लण्डन । कोरोनाको महामारीका कारण अलपत्र परेका नेपालीहरुलाई बेलायतस्थित नेपाली दुतावासले प्रवन्ध गरेको दोस्रो चार्टर फ्लाइटमा ९० जना मात्र यात्रु हुने भएका छन् ।

शुक्रबार दिउँसो ग्याटवीक विमानस्थलबाट हुने सो फ्लाइटमा विहीबार साँझ सम्म ९० जनाले टिकट लिएको नेपाली दुतावास लण्डनका प्रवक्त शरदराज आरणले नेपालब्रिटेन डट कमलाई जानकारी दिए ।

बुधबार पहिलो चरणमा ग्याटविक एयरपोर्टबाट १ सय ४६ जना नेपाल उडेका थिए । १ सय ५८ जना क्षमता रहेको जहाजको लागि दोस्रो चार्टर फ्लाइटका लागि सोसाइटी इन्टरनेसनल ट्राभल्स सर्भिसेज बुकिङ्गको जिम्मा लिएको थियो । नेपाली दुताबास लण्डनले तत्काल अर्को चार्टर फ्लाइट नहुने भएको भन्दै नेपालीहरुलाई हवाई टिकट काट्न अनुरोधको थियो ।

यसअघि गैरआवासीय नेपाली संघ युके र नेपाली दुतावासले संकलन गरेको सूचिमा रहेका ४ सय २० जनाले नेपाल जान इच्छा देखाएका थिए ।