१५ चैत्र २०८०, बिहीबार
Follow Us

सुशान्तको फिल्म जुलाईमा

नेपालब्रिटेन संवाददाता
१२ असार २०७७, शुक्रबार ०३:५२

मुम्बई । गत साता आत्महत्या गरेका बलिउड अभिनेता सुशान्तसिंह राजपूतको अन्तिम फिल्म अर्को महिना रिलिज हुने भएको छ ।

उनको अन्तिम फिल्म ‘दिल बेचारा’ को रिलिजको तयारीमा आफूहरू जुटेको यसका निर्देशक मुकेश छाबडाले बताएका छन् । केही समययता भारतका ठूला ब्यानरका फिल्मसमेत डिजिटल प्लेटफर्ममा रिलिज हुन थालेकाले यो फिल्मको पनि डिजिटल बजारमार्फत रिलिज गर्न लागिएको हो । यतिबेला सबैले सुशान्तसिंहको नयाँ फिल्म हेर्न चाहेकोले उनको श्रद्धाञ्जलीस्वरूप यो फिल्म रिलिज गर्न लागेको पनि मुकेशले बताएका छन् । यो मुकेशको डेब्यु निर्देशन फिल्म हो ।

यो फिल्मको मुख्य नायिकामा सन्जना सांघीया छिन् । फिल्मलाई आउँदो जुलाई २४ मा रिलिज गरिने निर्देशक मुकेशले बताए । यसका निर्माताले ओटीटी प्लेटफर्ममा फिल्म रिलिज गर्न लागेका हुन् । डिज्नी हटस्टारमा रिलिज हुने ‘दिल बेचारा’ भारतमा निःशुल्क हेर्न पाइने डिज्नीका सञ्चालकको कथन छ । दर्शकहरूले नै दि बेचारका माग गरेका कारण आफूहरूले यो फिल्म केही दिनका लागि निःशुल्क देखाउन लागेको पनि डिज्नीले बताएको छ ।

फिल्म दिल बेचारा गत मे ८ मा प्रदर्शन हुने तय भएको थियो । तर, कोरोना भाइरसको संक्रमण फैलिन नदिन भारत सरकारले लकडाउन घोषणा गरेसँगै सिनेमा हल बन्द भयो । जसका कारण फिल्म दिल बेचारा पनि निर्धारित मितिमा रिलिज हुन सकेन ।

राजधानी दैनिकबाट