१५ बैशाख २०८१, शनिबार
Follow Us

लाजियो एटलान्टासँग पराजित

नेपालब्रिटेन संवाददाता
१२ असार २०७७, शुक्रबार ०३:५७

रोम । इटालियन सिरी ‘ए’अन्तर्गत दोस्रो स्थानको लाजियो एटलान्टासँग पराजित भएको छ ।  यो पराजयले शीर्षस्थानको युभेन्टसलाई फाइदा पुगेको छ । २–० को अग्रतालाई जोगाउन नसक्दा लाजियोले महवपूर्ण खेलमा पराजय भोग्यो । उसले एटलान्टासँग पहिलो हाफको पाँचांै मिनेटमा नै अग्रता कायम गरेको थियो । म्यानुएल लाजारीको क्रस बल गोल भएको थियो । त्यसको ६ मिनेटमा नै उसले अर्काे गोल ग¥यो । लुइस अल्बर्टोको पासमा सर्गे मिलिन्कोभिच साभिचले सानदार गोल गरेर लाजियोलाई २–० को अग्रता दिलाए ।

खेलको ३८औं मिनेटमा एटलान्टाले गोल गर्दै खेलमा फर्कने संकेत देखायो । हान्स हातेबोरको क्रसमा रोबिन गोसेन्सको हेडर गोलमा परिणत भएको थियो । खेलको अन्त्यतिर बलमा पकड बनाएको एटलान्टाले बराबरी गोलको प्रयास गरे पनि सफल हुन सकेन ।

दोस्रो हाफको ६६औं मिनेटमा एटलान्टाले खेल बराबरीमा ल्यायो । डे रुनको पासमा रुस्लान मालिनोभ्स्कीले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको प्रहारलाई गोलरक्षकले बचाउन सकेनन् । ८०औं मिनेटमा घरेलु टोलीले अग्रता लियो । कप्तान आल्हान्द्रो गोमेजको पासमा जोसे लुइस पालोमिनोले गोल गर्दै लाजियोलाई दबाबमा राखेका थिए ।