१५ बैशाख २०८१, शनिबार
Follow Us

हाँस्य कलाकार आरपी भट्टराईको निधन

नेपालब्रिटेन डट कम्
२४ मंसिर २०७३, शुक्रबार ०७:१०

काठमाडौं- हास्य कलाकार आरपी भट्टराई (लाजाराम) को शुक्रबार बिहान ८ बजे निधन भएको छ । मोरङको विराटनगरस्थित फुपूको घरमा सुतेकै अवस्थामा उनको निधन भएको हो । डेढ दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय भट्टराई हास्य टेलिचलचित्र तीतोसत्यबाट ‘लाजालाम’ले चिनिँदै आएका थिए। उनले दर्जनौं टेलिफिल्म, फिल्म, म्युजिक भिडियोमा समेत अभिनय गरेका थिए। उनका श्रीमती र दुई छोरा रहेका छन् । बिहीबार बेलुका खाना खाएर सामान्य रुपमा नै सुतेका भट्टराई उच्च रक्तचापका बिरामी थिए ।