१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेपाल फर्कनेको विदाई गर्न जानेको विमानस्थलमा ओइरो (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१२ असार २०७७, शुक्रबार १२:५३


दूतावास र एनआरएनएको विदाई

लण्डन । कोरोनाको महामारीका कारण अलपत्र परेका नेपालीहरुलाई बेलायतस्थित नेपाली दुतावासले प्रवन्ध गरेको दोस्रो चार्टर फ्लाइटमा ८३ जना यात्री नेपाल फर्केका छन् ।

शुक्रबार दिउँसो ग्याटवीक विमानस्थलबाट हुने सो फ्लाइटमा ८३ जनाले टिकट लिएको नेपाली दुतावास लण्डनका प्रवक्त शरदराज आरणले जनाए ।

नेपाल फर्कने नेपालीहरुको विदाईका लागि नेपाली दुतावास लण्डनका प्रवक्ता शरदराज आरण, गैरआवासीय नेपाली संघकी अध्यक्ष पुनम गुरुङ्ग, महासचिव फडिन्द्र भट्टराई, सचिव जीत राना भाट लगायतका पदाधिकारी विमानस्थल पुगेका थिए । उनीहरुको विदाईको लागि बेलायतस्थित नेपाली सामाजिक संघसँस्थाका प्रतिनिधी समेत विमानस्थल पुगेका थिए ।

एनआरएन यूकेले नेपाली दुताबाससँगको सहकार्यमा लामो समयदेखि बेलायतमै अड्किएर बस्न बाध्य मेडिकल डक्टरहरु, पारिवारिक भेटघाटमा आएका अभिभावक तथा आफन्तको मृत्य तथा बिरामीजस्ता कारणले नेपाल जानैपर्ने बाध्यतामा परेकालाई पहिलो प्राथमिकताको राखेर नेपाल पठाइएको नेपाली दुतावास लन्डनले जनाएको छ । दुतावासले नेपाल जाने यात्रुको लागि आवश्यक भिषा, ट्राभल डकुमेन्टलगायतको सेवा विमानस्थलमै उपलब्ध गराएको छ ।


बुधबार पहिलो चरणमा ग्याटविक एयरपोर्टबाट १ सय ४६ जना नेपाल उडेका थिए । १ सय ५८ जना क्षमता रहेको जहाजको लागि दोस्रो चार्टर फ्लाइटका लागि सोसाइटी इन्टरनेसनल ट्राभल्स सर्भिसेज बुकिङ्गको जिम्मा लिएको थियो ।

यसअघि गैरआवासीय नेपाली संघ युके र नेपाली दुतावासले संकलन गरेको सूचिमा रहेका ४ सय २० जनाले नेपाल जान इच्छा देखाएका थिए ।