१२ बैशाख २०८१, बुधबार
Follow Us

म्यानचेस्टर युनाइटेड ३० औं पटक एफ.ए कपको सेमिफाइनलमा प्रवेश

नेपालब्रिटेन संवाददाता
१४ असार २०७७, आईतवार ०३:५९

काठमाडौं । नरिच सिटीलाई हराउँदै म्यानचेस्टर युनाइटेड एफ.ए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वाटरफाइनल खेलमा म्यान्चेस्टर युनाईटेडले नरिचलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्‍यो ।

निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा कप्तान ह्यारी मग्वायरले एक गोल गर्दै युनाइटेडलाई २–१ को जित दिलाए । यसअघि निर्धारित समयमा म्यान्चेस्टर युनाईटेडका ओडन इघालो र नरिच सिटीका कान्टवेलले एक एक गोल गरेका थिए ।

खेलको ८९ औं मिनेटमा टिम क्लोसले रातो कार्ड पाएपछि नरिच १० खेलाडीमा समेटिएको थियो । जितसँगै म्यान्चेस्टर युनाइटेड कीर्तिमानी ३० औं पटक एफ.ए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।