१५ चैत्र २०८०, बिहीबार
Follow Us

नागिन–४ को सुटिङ सुरु

नेपालब्रिटेन संवाददाता
१४ असार २०७७, आईतवार ०४:०७

मुम्बई । लकडाउनका कारण बन्द भएको इन्टरटेन्मेन्ट इन्डस्ट्री बिस्तारै खुल्न थालेको छ । भारतमा मनोरञ्जन उद्योग महवपूर्ण उद्योगमध्ये एक हो । भारतको महाराष्ट्र सरकारले गाइडलाइन जारी गरेपछि मनोरञ्जन उद्योगलाई राहत मिलेको छ । जसकाकारण सुटिङ सुरु हुन थालेको छ । एकता कपुरको सो नागिन–४ को सुटिङ सुरु भएको बताइएको छ । शुक्रबार पूर्ण स्वास्थ्य सुरक्षा विधि अपनाएर निया शर्मासहितको टिमले सुटिङ सुरु गरेका थिए ।

लामो समयपछि सेटमा पुगेका लिड कलाकार निया शर्मा निकै खुसी भएकी थिइन् । केही कलाकारले इन्स्टाग्राम एकाउन्टमा सुटिङका केही तस्बिरहरू सेयरसमेत गरेका छन् । जसले कलाकारलाई उत्साहित बनाएको देखिन्छ । कतिपयले त्रास अझै कायम रहेको बताएका छन् । केहीले तीन महिनापछि सुटिङमा जान पाएकोमा खुसी व्यक्त गरेका छन् । सेटका केही तस्बिर तथा भिडियो सार्वजनिक भएको छ । जसमा सामाजिक दूरीसमेत कायम गरिएको देखिन्छ । डाइरेक्टर रञ्जनकुमार खुसी देखिएका छन् ।

नागिन–४ को पुरै टिमले फेस सिल्ड, मास्क र पीपीई किट्स प्रयोग गरेको रञ्जन कुमारले बताएका छन् । नियाका साथ रहेका सो लिड एक्टर वीजयेन्द्र कुमेरिया पनि सुटिङमा उपस्थित थिए ।

लकडाउनका कारण टेलिभिजन सोहरूमा लामो ग्याप भएको छ । कतिपय सो अफ एयर हुने चर्चासमेत चल्न थालेको छ । यसैबीच एकता कपुरले नागिन–४ को क्याइमेक्स एपिसोड सुट गरेर नयाँ सिजन सुरु गरेकी हुन् । एक अन्तर्वार्तामा एकताले भनेकी छन्, ‘सिजन–४ को अन्तिम एपिसोड समाप्त भएपछि सिजन–५ टेलिकास्ट गरिनेछ । जसमा दर्शकले धेरै नयाँ कुरा हेर्न पाउनेछन् ।’
राजधानी दैनिकबाट