१३ बैशाख २०८१, बिहीबार
Follow Us

भ्रष्टाचार हुने मुलुकको सूचीमा नेपाल १ सय ३० औं स्थानमा

नेपालब्रिटेन डट कम्
२४ मंसिर २०७३, शुक्रबार ०८:१७

काठमाडौं । भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस आज मनाइंदैछ । संयुक्त राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धी पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखमा यो दिवस मनाइन्छ । दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका निकायले विविध कार्यक्रम गर्दै छन् । सार्वजनिक पदको दुरुपयोगका कारण नेपालमा भ्रष्टाचार बढ्दै गएको छ । ज्यादा भ्रष्टाचार हुने मुलुकको सूचीमा परेको नेपाल गत वर्षभन्दा २ अंक कम पाएर थप ४ स्थान माथि उक्लिएको छ । सन् २०१४ मा १ सय ७५ मुलुकमध्ये १ सय २६ औ स्थानमा रहेको नेपाल सन् २०१५ मा १ सय ६८ मुलुकमध्ये १ सय ३० औ स्थानमा थियो । नियन्त्रण र न्यूनीकरणका प्रयास प्रभावकारी नहुँदा भ्रष्टाचार बढिरहेको विज्ञहरुको भनाइ छ । राजनीतिक अस्थिरता, स्थानीय निकायमा जनप्रतिनिधिको रिक्तताजस्ता कारण भ्रष्टाचार न्यूनीकरण नारामा मात्रै सीमित भइरहेको छ ।