१५ चैत्र २०८०, बिहीबार
Follow Us

अफ्रिकाको आतंकवादी संगठनका नेपाली कमाण्डर मारिए

नेपालब्रिटेन डट कम्
१४ असार २०७७, आईतवार ०९:००

लण्डन। सोमालियाको सुरक्षा फौजले अफ्रिकाको आतंकवादी संगठन अल शबाबका कमाण्डरलाई सैन्य अपरेशनमा मारिदिएको छ । त्यहाँको स्टेट रेडियोलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सका अनुसार ती व्यक्ति नेपाली थिए ।

अशरफ आजमी अबु हमदान नामका ती व्यक्ति नेपाली हुन् । उनी यो इस्लामिक जिहादी समूहका बरिष्ठ प्रशिक्षक थिए । दक्षिणी सोमालियाको मध्य जुबा क्षेत्रमा एक सैनिक अपरेशनको क्रममा उनी मारिएका हुन् । उनीसँगै अन्य तीन जना लडाकू पनि मारिएका छन् ।