१५ चैत्र २०८०, बिहीबार
Follow Us

दुर्लङ्ग समाज यूकेद्वारा पर्वतका पहिरो पीडितलाई ९ लाख ६४ हजार सहयोग

नेपालब्रिटेन डट कम्
१४ असार २०७७, आईतवार ०९:३१

पर्वतको कुस्मा नगरपालिका–३ दुर्लङ्ग ढकालबारी काउलेका पहिरो पीडित परिवारलाई ९ लाख ६४ हजार ३ सय ७ रुपैयाँ सहयोग प्राप्त भएको छ । दुर्लङ्ग समाज यूके समितिको कोष र यूकेमा रहेका दुर्लङ्गबासीले सो रकम संकलन गरी सहयोग गरेका हुन् ।

राहत रकम हस्तान्तरण गर्दै सांसद लालकाजी गुरुङले पहिरोका कारण ढकालबारी काउलेमा सो घटना भएकै दिन तत्काल सहयोगका लागि संघीय सरकारलाई आग्रह गरेको बताउनुभयो ।
घटना घटेको दुईसाता बितिसक्दा पनि वस्ती स्थानान्तरणमा सरकारले ध्यान नदिएको भन्दै उहाँले निरन्तर दबाब दिइरहेको बताउनुभयो ।

२०७२ सालको विनाशकारी भूकम्पमा स्थापना गरिएको कोषको बाँकी रकम पहिरो पीडितका लागि सहयोग गर्न उहाँले आग्रह गर्नुभयो । दुर्लङ्ग समाज यूके र यूकेमा रहेकाहरुको तर्फबाट ७ लाख ६६ हजार ३ सय ७ रुपैयाँ प्राप्त भएको छ ।

समितिको कोषबाट १ लाख ९८ हजार रुपैयाँ बराबरको चामल, तेल र दाल ३५ विपन्न परिवारलाई वितरण गरिएको छ । कार्यक्रममा नेपाली कॉग्रेसका नेता नवराज गुरुङले राहत वितरणमा कसैले पनि राजनीतिक रंग नमिसाउन अनुरोध गर्नुभयो ।

कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले पीडितका लागि ५ लाख आर्थिक सहयोग उलब्ध गराउने आश्वासन दिनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा दुलुङ्ग समाज यूकेका आजीवन सदस्य थर्मनसिहं गुरुङ, संस्थापक अध्यक्ष नरजङ्ग गुरुङ, कार्यक्रमका सहसंयोजक प्रभु गुरुङ लगायतको उपस्थिति थियो ।