१५ चैत्र २०८०, बिहीबार
Follow Us

संसद अलपत्र छोडेर सभामुख घर्ती चार दिने विदेश भ्रमणमा

नेपालब्रिटेन डट कम्
२४ मंसिर २०७३, शुक्रबार ०८:२१

काठमाडौं । संसद गतिरोध जारी रहेका बेला ब्यवस्थापिका संसदकी सभामुख ओनसरी घर्तीमगर भोलि शनिवार दुवई जादैछिन् । विश्वभरका महिला सभामुखको अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन शनिवार दुवइ जान लागेकी सभामुख घर्तीमगर ४ दिने सम्मेलन सकेर मात्रै स्वदेश फर्कने छिन् ।
एक सातादेखि अबरुद्ध संसद बैठक अझै सूचारु हुने संकेत देखिएको छैन् । आज दिउँसोका लागि आब्हान गरिएपनि संबिधान संशोधन प्रस्तावमा दलहरुबीच सहमति जुट्न नसक्दा आजको बैठक पनि प्रभावित हुने देखिएको छ । संसद बैठक दिउँसो तीन बजेका लागि बोलाइएको छ । सरकारले प्रदेशको सीमांकन हेरफेरसहित संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि प्रमुख प्रतिपक्षी एमालेसहित चार दलले संसद बैठक अवरुद्ध गर्दै आएका छन् । संशोधन प्रस्ताव फिर्ता हुनुपर्ने प्रतिपक्षी एमालेको अडान र सदनमा छलफल गर्न पाउनु पर्ने सत्ता साझेदार दलको मागकाबीच गतिरोध लम्बिदै गएको हो ।।

सभामुख परामर्श
संसदमा देखिएको गतिरोध अन्त्यका लागि सभामुख ओनसरी घर्तीले आज प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गर्दैछिन् । दलीय सहमति कायम गरी संसद बैठक सुचारु गर्ने वातावरण निमार्णमा सक्रिय बन्न सभामुखले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन लागेकी हुन् । दलहरु आ–आफ्नै अडानमा रहेपछि एक सातादेखि संसदको काम कारवाही प्रभावित हुँदै आएको छ । हिजो सभामुख घर्तीले नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र प्रमुख प्रतिपक्षि दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग पनि परामर्श गरेकी थिइन् ।