७ बैशाख २०८१, शुक्रबार
Follow Us

श्रष्टाप्रति विमलको सम्मान

sarusaru
१५ असार २०७७, सोमबार ०५:०५

काठमाण्डौ– चर्चित लोकगायक विमलराज क्षेत्रीले लकडाउनको समयलाई सदुपयोग गर्दै केही समयदेखि फेसबुक लाइभमा जस्ताको त्यस्तै नामक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । लेख्ने को ,गाउने को ,संगीत कसको भन्ने कुराहरु छायाँमा परेकोले श्रष्टाहरुको सम्मानमा यस्ता कार्यक्रम सञ्चालन गर्न थालेको उनी बताउँछन् । कार्यक्रममा पुराना श्रष्टाहरु तथा आफ्ना गीतहरु पनि अर्गानिक स्वर र भाकामा गुनगुनाउने गरेको उनले बताए ।
गायक विमलराज क्षेत्रीले केही समय अघिदेखि विमल चौतारी नामक सांस्कृतिक कार्यक्रम पनि सञ्चालनमा ल्याएका छन् । गायक एक गायिका अनेक नाम दिएर चलाएको उक्त कार्यक्रममा गायक उनी आफैले गाउँछन् भने गायिकाहरु श्रृङ्खलानुसार फरकफरक बोलाउने गरेका छन् । यो कार्यक्रम भने यो हो एच डि टेलिभिजनमार्फत् हरेक शुक्रबार साँझ ६ बजे प्रशारण हुने गरेको छ ।
त्यति मात्र नभएर पुराना तथा नयाँ श्रष्टाहरुको सम्मानमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिँदै अरु कार्यक्रमहरु पनि सञ्चालनमा ल्याउन सक्ने उनी बताउँछन् ।