१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, गोली चल्यो, १८ घाइते

नेपालब्रिटेन संवाददाता
१५ असार २०७७, सोमबार ०५:०८

सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकामा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा १८ जना घाइते भएका छन । रामनगरमा एक साताअघि नेकपाका एक कार्यकर्ताको हत्याको घटनालाई लिएर निकालिएको जुलसका क्रममा दुई पार्टीका कार्यकर्ताबीच विवाद र झडप भएको हो ।

घाइते हुनेमा १५ जना कांग्रेस र तीन जना नकेपाका कार्यकर्ता रहेका प्रहरीले जनाएको छ । घाइतेमध्ये केहीलाई गोलीको छर्रा समेत लागेको छ । नेकपाका कार्यकर्ताले कांग्रेसका कार्यकर्ताले गोली चलाएको दाबी गरेका छन् । कुन पक्षबाट गोली चलेको भन्ने नखुलेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रामनगरका नेकपा कार्यकर्ता ६० वर्षीय रामजल रायको एक साताअघि हत्या भएको थियो । रायको हत्या कांग्रेस कार्यकर्ताले गरेको दाबी नेकपाको छ । तर कांग्रेसले भने यो आरोप अस्वीकार गर्दै आएको छ । यादवको शव अझै सर्लाही जिल्ला अस्पतालमै रहेको छ ।