१३ बैशाख २०८१, बिहीबार
Follow Us

अमेरिकामा डढेलो जसरी फैलँदै कोरोना संक्रमण

नेपालब्रिटेन संवाददाता
१५ असार २०७७, सोमबार ०५:११

न्यूयोर्क । अमेरिकामा कोरोना संक्रमण बढदो क्रममा देखिएको छ । अधिकांश युरोपली देशहरूले त्यहाँ स्थिति नियन्त्रणमा रहेको भए पनि अमेरिकामा भने संक्रमण फैलँदो क्रममा रहेको हो । विज्ञहरुले अमेरिकामा संक्रमण जंगलमा लागेको डढेलो जसरी फैलिरहेको बताएका छन् ।

लकडाउन खुकुलो बनाएपछि अमेरिकाका दक्षिणी तथा पश्चिमी राज्यहरुमा संक्रमणदर तीव्र गतिमा बढिरहेको छ । टेक्सासका गभर्नर ग्रेग अबोटले कोरोना भाइरस संक्रमण अति खतरनाक अवस्थामा पुगेको बताएका छन् । पछिल्ला दिनमा टेक्सास र फ्लोरिडासहितका राज्यमा संक्रमणदर उच्च रुपमा बढिरहेको छ ।

ती राज्यमा अस्पताल भर्ना हुने संक्रमितको संख्या बढ्दो क्रममा छ । टेक्सासमा दैनिक पाँच हजार भन्दा बढी मानिस संक्रमणको उपचारका लागि अस्पताल भर्ना हुने गरेका छन् । उपराष्ट्रपति माइक पेन्सले टेक्सासलाई आवश्यकता अनुसार थप परीक्षण किट प्रदान गरिने प्रतिबद्धता जनाएका छन् ।

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले स्वास्थ्य विज्ञ र सम्बन्धित निकायले सुझाएको मास्क लगाउनुपर्ने नियम अझै पनि देशका धेरै स्थानमा लागु नभएको भन्दै चिन्ता जनाएकी छिन् ।