७ बैशाख २०८१, शुक्रबार
Follow Us

एफए कपमा चेल्सी र म्यान्चेस्टर युनाईटेड भिड्ने

नेपालब्रिटेन संवाददाता
१५ असार २०७७, सोमबार ०५:४३

लन्डन । एफ.ए कप फुटबलको सेमिफाईनल समिकरण पूरा भएको छ । गएरातिका खेलहरुमा चेल्सी, आर्सनल र म्यान्चेस्टर सिटी विजयी भएसँगै प्रतियोगिताको सेमिफाईनल समिकरण पूरा भएको हो । यसअघि म्यान्चेस्टर युनाईटेड पनि सेमिफाईनलमा पुगिसकेको थियो ।

क्वाटरफाईनल खेलमा चेल्सीले लेष्टर सिटीलाई १–० ले हरायो । चेल्सीका लागि रोस बार्क्लेले निर्णायक गोल गरे । अर्को लण्डन क्लब आर्सनलले शेफिल्ड युनाईटेडलाई २–१ ले पाखा लगाउँदै सेमिफाईनलमा आफ्नो स्थान पक्का गर्‍यो ।

शेफिल्ड विरुद्ध आर्सनललाई विजयी गराउन पेपे र केबायोसले एक एक गोल गरे । पराजित टोली शेफिल्डका म्याक्गोल्डरीकले एक गोल फर्काए । गएराति नैं भएको अर्को खेलमा न्युकासल युनाईटेडलाई २–० ले हराउँदै म्यान्चेस्टर सिटी पनि सेमिफाईनलमा उक्लियो ।

न्युकासल विरुद्ध सिटीलाई विजयी गराउन केभिन डे ब्रायन र राहिम स्टर्लीङले एक एक गोल गरे । एफ.ए कप फुटबलका सेमिफाईनल खेलहरु जुलाई १८ तारिखमा हुनेछन् । सेमिफाईनलमा चेल्सी र म्यान्चेस्टर युनाईटेड तथा आर्सनल र म्यान्चेस्टर सिटी भिड्नेछन् ।एजेन्सी