८ बैशाख २०८१, शनिबार
Follow Us

चाइनिज सामान बहिष्कार अभियानमा कँगना

नेपालब्रिटेन संवाददाता
१५ असार २०७७, सोमबार ०५:४९

मुम्बई । बलिउड अभिनेत्री कँगना रनौतले आफ्ना दर्शकलाई चीनमा भनेर भारतमा आयात हुने सबै सामान बहिष्कार गरौं भनेकी छिन् । उनले एउटा भिडियोमार्फत यस्तो अपिल गरेकी हुन् ।

१५ र १६ जुनमा भारतको लद्दाखमा आफ्ना २० सैनिकको ज्यान चिनियाँले लिएका कारण सम्पूण चिनियाँ सामान पूर्ण बहिष्कार गरेर ती मृतक सैनिकको सम्मान गरौं भन्दै यी अभिनेत्रीले एक भिडियो सार्वजनिक गरेकी छिन् । अहिलेको अबस्थामा भारतीयहरुले चिनमा बनेका सामानहरु बहिष्कार गरेर स्वदेशी सामान प्रयोग गर्नु नै सही राष्ट्रबाद भएको यी अभिनेत्रीको कथन छ ।

चिनियाँ सैनिकले भारतीय सैनिकको ज्यान दिएकोबारे बोल्दै यी अभिनेत्रीले कसैले आफुहरुको औला काट्ने प्रयास गर्छ भने त्यस्ताको हात काटिदिनुपर्छ भनेकी छिन् । भारतको लद्दाकप्रति गिद्धेनजर राख्ने चीनलाई भारतीय जनताले उसको सामान प्रयोग नगरेर कुटनीतिक रुपमा जवाफ दिनुपर्ने यी अभिनेत्रीको कथन छ । आफुले चिनियाँ सामान प्रयोग गर्न छाडेको पनि उनले बताएकी छिन् ।

राजधानी डेलीबाट